कविता नयाँ वर्षको शुभकामना

इनेप्लिज २०८१ चैत ३० गते १०:३० मा प्रकाशित

नयाँ वर्ष
तिमीले हामीलाई जोडेर
हरेक वर्ष
अनेकौं खुसीहरू ल्याउछौ
हामीलाई तरङ्याउछौ,

अन्य पौरखको लागि लोभ्याउछौ
मानवहरूलाई तिम्रै रङ्गमञ्चमा
दुमधडकाले नर्तक बनाउछौ
हामीलाई नचाउने तिम्रो त्यो
कला र गला देखेर ,
म भित्रैदेखि दङ्ग पर्छु,

हामीहरूको
त्यो आहोरदोहोर
आहारविहार देखेर
तिमी नै दङ्ग छौ
तिमी रमाएको देखेर
मलाई भन्न मन लाग्यो

यो नयाँ वर्षले
हरेक व्यक्तिमा भएको
पछौटे चिन्तनलाई अग्रगमनले
परस्त गरोस्
माया र ममताले
सबैको काख भरियोस्,
सडकमा रङ्गिएको
ज्याला मजदुरीको सम्मान होस्

घर परिवारमा सुख,
शान्तिले बाँस गरोस्
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
घात,प्रतिघात,निषेध नासियोस
र सद्भाव फैलियोस्
हरेक राष्ट्रको
आर्थिक,सामाजिक जीवनमा
सम्वृद्दि देख्न पाइयोस्
राजनीति सङ्लिएर
देशको मुहार फेरियोस्
सबैलाई
नयाँ वर्षको शुभकामना 🌹🌹🌹

सीता ओझा

प्रतिक्रिया