म्यानमारमा फेरि ५.५ परिमाणको भूकम्प ,मानवीय संकट गहिरिँदै

इनेप्लिज २०८१ चैत ३० गते १०:१९ मा प्रकाशित

म्यानमारको मध्य भागमा आइतबार बिहान ५.५ म्याग्निच्युड(परिमाण)को भूकम्प गएको छ। यो मार्च २८ मा आएको ७.७ परिमाण (म्याग्निच्युड)को भयानक भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली परकम्पनहरूमध्ये एक हो।

अमेरिकी भूगर्भ विभागका अनुसार नयाँ भूकम्प सानो शहर मिक्टिलानजिक, वुन्डविन उपनगर क्षेत्रमा करिब २० किलोमिटर गहिराइमा गएको थियो।

भूकम्पको केन्द्र म्यानमारको दोस्रो ठूलो शहर मन्डले र राजधानी नेपितावको बीचमा पर्छ, जहाँ मार्चको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। ताजा भूकम्पले हालसम्म ठूलो क्षति वा मृत्युको खबर नआएको भएता पनि स्थानीयहरूले भवनहरूबाट भाग्नुपरेको र केही घरका छाना भत्किएको बताएका छन्।

मार्च २८ को भूकम्पमा ३,६४९ जनाको मृत्यु र ५,०१८ जना घाइते भएको म्यानमारको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका थिए। संयुक्त राष्ट्रसंघले हालसालै चेतावनी दिँदै भूकम्पले म्यानमारमा पहिल्यै गहिरिएको मानवीय संकटलाई अझै भयावह बनाउनेछ, जहाँ गृहयुद्धका कारण ३० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।

कृषि उत्पादनमा व्यापक असर परेको र भूकम्प प्रभावित क्षेत्रका धेरै स्वास्थ्य केन्द्रहरू ध्वस्त हुँदा स्वास्थ्य संकट उत्पन्न हुने खतरा देखिएको छ।

त्यसैबीच, आइतबारबाट सुरु भएको तीन दिने थिङ्ग्यान नयाँ वर्ष पर्व को सार्वजनिक उत्सव यस वर्ष स्थगित गरिएको छ

प्रतिक्रिया