अन्तिम आदेश

इनेप्लिज २०८१ चैत ३० गते २२:३० मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

झुठा धोकेबाजको जमातले भरिएको,
एउटा ठूलो रमझम सहरको,
अन्तिम गल्लीको सानो कुनामा,
मेरो सानो मायाको पसल छ।

चुडिएर भुइँमा झरेको फुल देखेर,
यो दिलमा पीडा मडारिन थाले।
तिम्रो मायाको पसलमा छिरेपछी,
आशाहरु बिस्तारै पलाउन थाले।

ए कलि युगकी स्पप्न सुन्दरी ,
तिमी कुन देशकी कन्या हौ?
मेरो पसलको छेउमा पसल खोलेर,
नया नया आधुनिक गित गाएर,
यो शहरका झुठा धोकेबाजहरुको,
दिलको नशा छ्याल ब्याल भएको हल्ला ,
यो शहरको गल्लीमा मात्र होउन,
देशभरी फैली सकेको छ।

लुकि लुकि दिल चोर्न आउनेलाइ,
टाढाबाट नै नमस्कार छ मेरो।
समय लिएर दिल बहलाउन आउनेलाई,
स्वागत छ मेरो हजुर सधै ।

तिम्रो सुन्दर्ताको नशामा लठ्ठिएर,
तिम्रो मुधुर आवाजमा झुलेर,
तिमिसग सम्बन्ध बनाउन नसकेर,
धोकेबाज,फरेबी,झुठा धेरै को,
दिलको नशाले ठाउँ छोडेर,
मदिरा पिउदै यो गल्लीमा,
तिमिलाइ खोज्न आउने धोकेबाज,
धेरै भैइ सकेका छन अब ।

सुन्दरी नगाउ मन मोहक गित ।
न देखाउ तिम्रो यौबनको पृत।
न बनाउ धोकेबाजलाई मनको मीत।
भुली देउ यो धोकेबाज गल्ली,
जाउ आफ्नो देश प्रदेश।

बिदेशी कन्या भएकीले म,
एक्लै बिदेशबाट आएकिले म,
दिलको नशा मिलाउन् सिउन ,
सबैको एकै पल्ट सक्दिन म ।

आफ्नो पालो कुर्न नसक्नेलाइ,
मेरो टाढाबाट नै नमस्कार छ।
तुरुन्त मायाको पसल छोडेर जान,
मेरो अन्तिम आदेश छ हजुर

खगेन्द्र प्रसाद आचार्य

नया बर्ष ०८२ सालको शुभकामना

प्रतिक्रिया