आज अप्रिल १३ का दिन बाग्लुङ्ग समाज भर्जिनियाको आयोजनामा भर्जिनियाको मार्शल पार्कमा चैते दशै तथा नेपाली नया बर्ष २०८२ को उपलक्ष्यमा वनभोज तथा शुभ कामना अदान-प्रदान कार्यक्रम भब्यरूपमा सम्पन्न भयो ।
करिव ७३५ नेपालीहरू उपस्थित उक्त कार्यक्रम समाजका अध्यक्ष लाल कुंवरको अध्यक्षतामा सम्पन्न भयो । समाजका सल्लाहकार मुक्तिनाथ पन्तले स्वागत मन्तब्य गरेका थिए ।
पन्तले बाग्लुङ्ग समाजको यो कार्यक्रममा उपस्थिति सबैलाई उपस्थितिको लागी स्वागत गरि बाग्लुङ्गको संस्कार अतिथिलाई भगवान सरह मानिने भएकोले सबैलाई अतिथि देवो भव भनी सम्बोधन गर्दा कर्तलध्वनी (ताली) बजाईएको थियो ।
उक्त कार्यक्रमको उद्घाटन समाजका सल्लाहकार डा प्रेम प्रसाद शर्माले कबिता वाचन गरेका थिए भने कार्यक्रममा भजन पन्चे बाजा, भजन सहित लोकगायक सिन्धु मल्ल र लोक गायकले लोक गीत गाएका थिए ।
कार्यक्रमको मुख्य आकर्षण पन्चे बाजामा उपस्थिति बाग्लुङ्गबासी मज्जाले झुमेका थिए । कार्यक्रममा सहयोग गर्न सम्पूर्ण सहयोगी दातालाई मायाको चीनो समाजका अध्यक्ष लाल कुंवर, सल्लाहकार हरि प्रसाद पौडेल , मुक्तिनाथ पन्त, डा प्रेम प्रसाद शर्माले वितरण गरेका थिए
कार्यक्रमको संचालन साधना पन्त र भुवन रेग्मीले गरेका थिए । कार्यक्रममा छेलो फाल्ने प्रतियोगिता, वच्चाहरूको चम्चा दौड़ समेत आकर्षण रहेको थियो । डिजे सोल कृष्ण (कृष्ण दाहाल)को सङ्गीत (म्यूजिक )सहयोगमा संचालन यो कार्यक्रममा स्वादिष्ठ भोजन उपास्थित सबैलाई निशुल्क उपलब्ध गराईएको थियो ।
प्रतिक्रिया