अमेरिकाको टेक्सस राज्यको अष्टिन शहरमा आइतबार बिहान एक घरमा भीषण विस्फोट हुँदा कम्तीमा ६ जना घाइते भएका छन्। विस्फोटले एक घरलाई पूर्ण रूपमा ध्वस्त पारेको छ भने छेउको अर्को घरमा पनि गम्भीर क्षति पुगेको छ ।
घाइते मध्ये दुई जना विस्फोट भएको घरका बासिन्दा हुन्। एकको अवस्था गम्भीर छ भने अर्का गम्भीर घाइते छन्, ।
अष्टिन-ट्राविस काउन्टी आकस्मिक चिकित्सा सेवाकी प्रवक्ता श्यानन कोएस्टरका अनुसार छिमेकी घरमा बस्ने एक व्यक्ति पनि गम्भीर अवस्थामै घाइते छन्। घटनास्थलमा काम गरिरहेका दुई जना दमकलकर्मीहरू घाइते*भएका छन, भने अर्को एक व्यक्ति सामान्य घाइते भएका छन्।
विस्फोट बिहान ११:३० बज्नुअघि भएको हो। यसको आवाज यति ठूलो थियो कि २० माइल टाढा रहेको सिडर पार्क र नजिकैको जर्जटाउन सम्म सुनिएको थियो।
कम्तीमा २४ वटा घरहरूमा क्षति पुगेको छ। घटनास्थलमा रहेको एउटा सवारीसाधनमा समेत आगो लागेको थियो पछि नियन्त्रणमा लिइएको थियो । अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पुन: सुरु गरिएको छ, तर अत्यधिक क्षति पुगेका घरहरूमा भने अझै पनि बिजुली छैन।
एक प्रत्यक्षदर्शी क्यारोल हासेलले सिएनएनलाई भनिन्: “एकाएक ठूलो विस्फोटको आवाज आयो, सबै झ्याल ढोका फुटेका थिए। म त बाँचेँ, यही ठूलो कुरा हो।”
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। ट्राविस काउन्टी अग्नि नियन्त्रण कार्यालयले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया