नयाँ वर्ष २०८२ सालकाे शुभकामना

इनेप्लिज २०८२ वैशाख १ गते १०:१७ मा प्रकाशित

साझ भएर बिहानी भए जस्तै चैत महिना सकेर नयाँ साल लाग्ने गर्दछ,

जस्ताे कि चन्द्रमा उदाएर बिहानि पख सुर्यकाे किरण उदाय जस्ताे,

जुन कि सरद ऋतुमा पर्ने गर्दछ र बिहानी पख बगैचाँमा ढकमक्क फुल फुलेकाे देख्न सक्छाै,

अाकाशमा चराचुरुङ्गी चिरविर चिरविर गरेर उडेकाे देख्न सक्छाै र जङ्गलमा जिवजन्तुहरु खेलेकाे कुदेकाे देख्न सक्छाै,

हामी पनि पुरानाे कुराहरु के के बिगारेकाे छु सम्झेर, २०८२ सालमा राम्राे कार्य गरेर देखाउने काेसिस गराै न त,

साथी-भाई ईष्टमित्र सँग गऐकाे सालमा गरेकाे गल्तीलाई माफि मागि अगाडि बढाैन त,्

पुरानाे कुरालाई सम्झेर जीवन भनेकाे नै त दुख: सुखः काे दुई किनारा हुन् भनेर बुझ्ने गराै न त,

तर हामी अात्तिनु हुदैन दुखः अाउँदैमा र सुख पाउँद‌ैमा मात्तिनु हुँदैन भनेर बुझम न त,

मनका ताराहरू छुने धुन, जीवनको संगम, मिठा यादहरू, विश्वासको धागोले जोडिएको, कष्टलाई मिठासले जितौं न त र मायाँ गराै न त धर्ति माता नेपाललाई

नयाँ वर्षको उम्ङ्ग, नयाँ बिहान, नयाँ आशा बाेकेर पुन: सुरु गरौं न त जीवनको नयाँ यात्रा,

जसमा नयाँ वर्षले ल्याओस् खुशी, शान्ति, प्रेम र मिलनको एकता, सहकार्यको सन्देश र जसले गर्दा बन्ने छ हाम्रो देश नेपालकाे विकास।।

स्मृति राठाैर,

काठमाण्ठा‌ै, नेपाल

स्नातकोत्तर राज्य लक्ष्मी क्याम्पसकाे त्रिभुवन विश्वविधालयमा अध्ययनरत

प्रतिक्रिया