अमेरिकाको फ्लोरिडा राज्यको सेन्ट लुसी इनलेट नजिकै डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन्। अमेरिकी तटरक्षकले आइतबार यो घटनाबारे जानकारी दिएको हो।
घटनामा चार जनालाई जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको तटरक्षक बलले जनाएको छ। तटरक्षकका अनुसार जीवित उद्धार भएकामध्ये एक जनाले डुंगा शुक्रबार नै पल्टिएको बताएका छन्।
घटना करिब २९ माइल टाढा समुद्रमा भएको हो। एक व्यक्तिले तटरक्षक बललाई खबर गरे पछि खोजी कार्य तब सुरु गरिएको थियो।
मार्टिन काउन्टी अग्नि नियन्त्रणले दिएको जानकारी अनुसार, तटरक्षक टोली आइतबार बिहान १० बजेभन्दा अगाडि घटनास्थलमा पुगेका थिए। उद्धार गरिएकामध्ये चार जनालाई थप उपचारका लागि उदग्रविमान (हेलिकप्ट) मार्फत स्टुअर्ट विमानस्थलमा ल्याइयो।
तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने बाँकी तीनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। उनीहरूलाई मार्टिन काउन्टीस्थित मार्टिन अस्पतालमा भर्ना गरिएको छ। तटरक्षक बलका अनुसार आइतबार अपराह्नसम्म पाँच जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ र खोजी कार्य अविरल रूपमा जारी छ।
प्रतिक्रिया