युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनको भ्रमण गर्न आग्रह गरेका छन् । ट्रम्पले युद्धको विनाश आफ्नै आँखाले देख्न सकून् भन्दै उनले आह्वान गरेका छन् ।
उनले सिबिएसन्यूजसँगको अन्तर्वार्तामा त्यस्तो आह्वान गरेका हुन् । ज़ेलेन्स्कीले ट्रम्पलाई निर्णय गर्नु अघि अस्पताल, गिर्जाघर ,बालबालिका, सैनिक र सर्वसाधारणमाथि भएको विनाश हेर्न आग्रह गरे ।
ज़ेलेन्स्कीले राष्ट्रपति ट्रम्पले पुटिनसँग शान्ति सम्झौताको प्रयास गरिरहँदा उनले बुझ्नुपर्छ । तपाईहरु जोसँग सम्झौता गर्दै हुनुहुन्छ, त्यो व्यक्ति को हो भन्दै त्यसमा विचार गर्न आग्रह गरे । अन्तर्वार्तामा ज़ेलेन्स्कीले प्रतिक्रिया दिँदै भने, “हामीले आक्रमण सुरु गरेका होइनौं। यहाँ पीडक र पीडित छन् — रुस आक्रमणकारी हो, हामी पीडित हौं।”
यसैबीच, रूसले आइतवारको कार्यक्रममा सहभागी नागरिकमाथि क्षेप्यास्त्र आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रपति ट्रम्पले यो अन्तर्वार्ता प्रसारण गर्ने सिबिएस माथि तीव्र आक्रोश व्यक्त गर्दै लाई कानुनी रूपमा कारवाही गर्ने चेतावनी दिएको न्यूयोर्क पोष्टले समाचारमा जनाएको छ ।
प्रतिक्रिया