ऐतिहासिक यात्रा : अमेरिकी गायिका केटी पेरि सहित ६ जना महिला अन्तरिक्षको यात्रा गर्दै  सफलतापूर्वक पृथ्वी फक्रिए 

इनेप्लिज २०८२ वैशाख १ गते १४:१८ मा प्रकाशित

ब्लु ओरिजिनको इतिहासमै पहिलो पटक सबै महिलाको टोलीले अन्तरिक्षको यात्रामा सफलता हासिल गरेको छ। 

सोमबार बिहान ९:३० बजे (पूर्वी अमेरिकी समयअनुसार), न्यू शेपर्ड मिशन एनएस-३१ अन्तर्गत ६२ माइल माथि सफल उडानपछि उनीहरू पृथ्वीमा फर्किए। यो अन्तरिक्षको सिमाना मानिन्छ, जुन अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त छ।

यो मिशन ब्लु ओरिजिनका संस्थापक एमाजोनका प्रमुख जेफ बेजोसद्वारा सुरु गरिएको ११औं मानव अन्तरिक्ष यात्रा हो। 

यात्रामा सहभागी हुनेहरूमा सिविएसकी सह-सञ्चालिका गेल किङ, गायिका केटी पेरी, पत्रकार र समाजसेवी लरेन सान्चेज, चलचित्र निर्माता केरियन फ्लिन, पूर्व नासाका वैज्ञानिक आइशा बो, र मानवअधिकारकर्मी अमान्डा न्युएन छन्। पेरीले उत्रिए पछि जमिनलाई चुमिन ।

बो पहिलो बहामाकी महिला बन्न सफल भइन् भने न्युएन पहिलो भियतनामी तथा दक्षिण-पूर्वी एसियाली महिला अन्तरिक्ष यात्रामा पुगेकी हुन्।

यस ऐतिहासिक उडानले करिब ६ दशकपछि सबै महिलाको टोलीबाट भएको पहिलो अन्तरिक्ष यात्रा भएको ब्लु ओरिजिनले जनाएको छ। अन्तिम पटक सोभियत अन्तरिक्ष यात्री भालेन्टिना तेरेश्कोभाले एकल अन्तरिक्ष यात्रा गरेकी थिइन्।

उडानको बेलामा भित्रैबाट चिच्याएको, रोएको र चकित भएको आवाजहरू सुनिएको थियो।

यस यात्राले अन्तरिक्ष अनुसन्धानमा महिलाको नेतृत्वलाई ऐतिहासिक उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया