राष्ट्रपति ट्रम्प र  एल साल्भाडोरका बुकेलेको ऐतिहासिक भेट: अपराध विरुद्ध कठोर सन्देश

इनेप्लिज २०८२ वैशाख १ गते १६:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ह्वाइट हाउसमा एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेलाई स्वागत गरेका छन्। 

उनीहरूबीच द्विपक्षीय बैठक ओभल कार्यलसमा सम्पन्न भएको छ, जहाँ आप्रवासन नीतिबारे सहकार्य, विशेषगरी देशनिकाला अभियानबारे छलफल भएको छ।

ट्रम्प प्रशासनले “एलियन इनेमी एक्ट” विदेशी शत्रु ऐनअन्तर्गत भेनेजुएलाका करिब २०० गिरोह सदस्यहरूलाई एल साल्भाडोरको एक उच्च-सुरक्षा कारागारमा निष्काषन  गरिसकेको छ। 

मानवअधिकारको चिन्ताबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्पले स्पष्ट शब्दमा भने, “म त्यस्तो केही देख्दिन। बुकेलेले हाम्रा धेरै समस्या समाधान गरिरहेका छन् जुन हामी आफैंले खर्चको दृष्टिकोणले गर्न सक्दैनौं।”

यस अभियानप्रति आप्रवासीका परिवार र नागरिक अधिकार समर्थकहरूले विरोध जनाएका छन्। एक गलत प्रशासनिक निर्णयका कारण किल्मार आर्मान्डो अब्रेगो गार्सियालाई देश निकालै गरिएकोमा बुकेलेले प्रतिक्रिया दिँदै भने, “म कसरी उसलाई अमेरिका फर्काउँ? के मैले उसलाई अमेरिका भित्र्याएको हुँ?” पत्रकारको प्रश्नमा उनले थपे, “हामी आतंकवादीलाई छुटाउने पक्षमा छैनौं।”

हाल ट्रम्प प्रशासनले गार्सियालाई एमएस-१३ गिरोहको सदस्य बताएको छ, तर उनका वकिलहरूले उक्त दाबी अस्वीकार गरेका छन्।

यो भेटले अमेरिका–एल साल्भाडोर सम्बन्धलाई नयाँ उचाइमा पु-याएको छ र अपराधविरुद्धको कठोर सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया