एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले स्पष्ट रूपमा मेरील्याण्डका किल्मार अब्रेगो गार्सियालाई अमेरिका फर्काउन नमिल्ने बताए । उनले आज ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसॅगको भेटघाटमा पत्रकारहरुलाई भनेका हुन्।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले उक्त निर्णय एल साल्भाडोरको हातमा छ भने पछि बुकेलेले यसमा कडा प्रतिक्रिया दिए।
“म कसरी फर्काउ उसलाई अमेरिका?” बुकेलेले पत्रकारहरूलाई प्रश्न गरे। “के मैलै उसलाई अमेरिका छिराएको हुँ? म कसरी एक आतंकवादीलाई अमेरिका पठाउने?” उनले भने, “मेरो त्यो अधिकार छैन।”
गार्सियालाई गल्तीले एल साल्भाडोरको आतंकवाद नियन्त्रण केन्द्रमा पठाइएको ट्रम्प प्रशासनले स्वीकार गरिसकेको छ।
उनले एमएस-१३ गिरोहसँग कुनै सम्बन्ध नराखेको उनका वकिलहरूले बताउँदै आएका छन्। न त अमेरिका न त एल साल्भाडोरमा उनि माथि कुनै आपराधिक मुद्दा दायर गरिएको छ ।
अमेरिकाको सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई गार्सियाको रिहाइको प्रक्रिया अघि बढाउन भने पनि निर्णयमा एल साल्भाडोरले उनलाई फर्काउनुपर्ने भन्ने सर्त राखिएको छैन।
ट्रम्प प्रशासनले दर्जनौं आप्रवासीहरूलाई गिरोह सदस्य भन्दै एल साल्भाडोर निष्काषन गरेको छ। तर गार्सिया मेरिल्यान्डमा आफ्नी पत्नी र बच्चाहरूसँग बस्ने एक सामान्य व्यक्ति थिए।
बुकेलेले भने, “हामी अपराध र आतंकवाद विरुद्ध लड्न कटिबद्ध छौं। ट्रम्पले सीमामा जुन काम गर्नुभएको छ, त्यो अद्भुत हो।”
ट्रम्पले आफ्नो सामाजिक सॅजालमा लेखे, “यी आतङ्ककारीहरू अब एल साल्भाडोरको नियन्त्रणमा छन्, जहाँ उनीहरूले अमेरिकाको नागरिकलाई फेरि कहिल्यै धम्की दिनेछैनन्।”
प्रतिक्रिया