राजनीतिक दलहरू प्रतिको वितृष्णा लाई शान्त पार्न सरकारले पहल गर्नु पर्‍यो : ने. का. वरिष्ठ नेता डा. शेखर कोइराला

इनेप्लिज २०८२ वैशाख १ गते २२:१५ मा प्रकाशित

अमेरिका, १२ अप्रिल । राजनीतिक दलहरू प्रतिको वितृष्णा लाई शान्त पार्न सरकारले पहल गर्नुपर्ने ने. का. वरिष्ठ नेता डा. शेखर कोइरालाले बताए। जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कले अप्रिल १२, २०२५ मा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो।

कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले हामी अत्यन्तै नाजुक अवस्थाबाट गुज्री रहेका छौँ। नेपाली काँग्रेस – एउटा डेमोक्रेटिक पार्टी त हो , तर डेमोक्रेटिक नर्म्स अनुसार हिँडेका छौ कि छैनौ? हामी हिँडेका छैनौ। हाम्रो प्रयत्न २०८२ को मंगसिर भित्र अधिवेशन गर्नु पर्ने हो – पार्टीको विधान अनुसार चार वर्ष भित्र। आम निर्वाचन पछि – २०८४ पछि काँग्रेसको अधिवेशन गर्ने भनेर पनि आइ रहेको छ। यो कुरालाई कसरी समाधान गर्ने – यो कुरा तपाईंहरुलाई नै छाडी दिन्छु। भ्रातृ संस्थाहरूको अधिवेशन हुन् नसकेको वर्षौँ भयो। तदर्थवादमा पार्टी चलिरहेको छ। दुई ठुला दल नेका र एमाले मिलेर सरकार बनायौँ। नेका र माओवादी मिलेर चुनाव लड्यौँ – एमाले र माओवादी, नेका र माओवादी , एमाले र नेकाको सरकार बन्यो। राजनीतिक अस्थिरता भयो।भ्रष्टाचार न्यूनीकरण गर्ने , सुशासन दिने , कानुनको शासन स्थापना गर्ने , नौ महिनामा यी कुनै पनि कुरामा यो सरकार अगाडी बढ्न सकेको छैन। नेका मूकदर्शक बनेर बसेको बताए।

उनले सम्बोधनको क्रममा अगाडी भने अहिले सडकमा जुन आक्रोश देखिएको छ। धेरै नेताहरू राजाको उक्साहटमा भै रहेको भन्ने छ, तर त्यो सोचाइ पुरै ठिक हो भन्न म सक्दिन। गएको ९ महिना मा संविधान संशोधन, न भ्रष्टाचार , न आर्थिक विकासका कुरा लाई अगाडी बढाऊँ सक्यौँ , केही कुरा पनि भएन। य युवाहरु किन सडकमा आक्रोश पोखी रहेका छन्। उनीहरु लाई राजनीतिक दलहरु प्रति वि तृष्णा उत्पन्न गरिदिएको छ। उनीहरुलाई शान्त पार्ने उपाय हामी गर्न सक्छौँ, तर त्यसको पहल सरकारले गर्नु पर्‍यो। सडकको आक्रोशमा ‘विश्व व्यापार युद्ध’ थपिएको छ। हाम्रै छिमेकमा उथलपुथल देखिएको छ। यसमा गम्भीर रूपले सोचेर जानु पर्ने अवस्था छ। आज सडकमा शिक्षकहरू छन् ,सहकारी पीडित, लघुवित्त पीडितहरू, रेजिडेन्ट डक्टरहरू पनि सडकमा छन्। यसलाई सम्बोधन गर्न सकेनौँ भने स्थिति हाम्रो हातबाट बाहिर जान सक्छ। नेपाली काँग्रेसले मात्रै यस्तो अवस्थाबाट बचेर लागेको छ। हामी डेमोक्र्याटहरुको काँधमा, तपाईँहरूको काँधमा ठुलो जिम्मेवारी आएको छ। यही संविधान भित्र बसेर सबै दलसँग छलफल गर्नु पर्छ , त्यो काम नेपाली काँग्रेसले मात्रै गर्न सक्छ। देश भित्र र देश बाहिर पनि नेकालाई एउटा जिम्मेवार पार्टीको रुपमा हेरिएको छ। दोहोरो नागरिकता लिएका साथीहरू जससको अध्यक्ष बन्न सक्ने तर महाधिवेशन प्रतिनिधि बन्न नसक्ने। संविधानमा एनआरएनको लागि जे कुरा लेखिएको छ राजनीति बाहेक सबै सुविधा भिसा रिन्यु गर्ने कुरा हुँदैन। कानुन बनेर अगाडी बढ्नु पर्छ – हामी यो कुरा संसदमा राख्छौँ। निरज श्रेष्ठ – नलेज नेटवर्क – छलफल गरेर अगाडी जाऊँ – समुन्नत नेपाल, विकसित नेपाल बनाउनको लागि – क्लिन इनर्जी, हाई भ्यालु एग्रिकल्चर, पर्यटन, महाकुम्भ भयो करोडौँ मानिस त्यहाँ आए – तर त्यसको केन्द्र देवघाटको लागि केही गर्न सकेनौ। डिजिटल लाइजेशन को जमाना छ – सुशासन दिन सक्नु पर्‍यो, भ्रष्टाचार न्यूनीकरण गर्ने पर्छ । कसरी नेपाललाई समुन्नत बनाउन सक्छौँ? २०८२ नयाँ वर्षको शुभकामना। उहाँले अगाडी थप्नु भयो तपाईँहरूबाट नलेज गेन गर्न सकौँ भन्ने विश्वास छ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नयाँ वर्ष भनेको क्यालेन्डर परिवर्तन मात्रै हैन। नयन यात्रा र नयाँ संकल्पको सुरुवात पनि हो। कहाँ कहाँ हामी चुकेका छौँ, सिंहावलोकन गरेर जाऊँ। विदेशमा बसेका साथीहरू हामी भन्दा बढी चिन्तित पाएको छु। लोकतन्त्र र प्रजातन्त्र दुवै शब्दमा मलाई आपत्ति छैन। विश्वको परिवेशबाट हेर्दा हामी कुन अवस्था मा छौँ मूल्याङ्कन गर्नु पर्‍यो। राष्ट्रिय परिस्थिति अत्यन्त जटिल छ। जनतामा व्याप्त निराशाले निकास खोजेको छ। अहिले जति नकारात्मक स्थिति कहिल्यै थिएन। हामी नयाँ कार्यक्रम र दृष्टिकोण लिएर अगाडी बढ्न सकेनौ भने असंगठित अराजकता तर्फ जान सक्ने खतरा छ। बालेन, हर्क , भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, दण्डहीनतालाई एकमुष्ट सम्बोधन गर्न सक्छौ कि सक्दैनौ ? अहिलेको चुनौती त्यही नै हो। काँग्रेसले मात्रै सम्बोधन गर्न सक्छ। दुवै छिमेकीसँग सन्तुलन गर्न सक्ने शक्ति नेपाली काँग्रेसको हो तर पहिले काँग्रेस भित्रै सुधार गर्नु पर्ने आवश्यकता छ। हरेक दिन हजारौँ युवा विदेश गै रहेका छन्। दक्षिण पन्थी र कम्युनिषटहरुको चेपुवामा परेको छ। नयाँ नेतृत्व, नयाँ नीति र विचारको आवश्यकता छ। सात ओटा संविधान मध्ये ५ ओटा संविधानको नेतृत्व गरेको पार्टी हो काँग्रेस। पूर्व प्रधान न्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग बनाएर छानबिन गर्न दिऊँ – त्यसो भयो भने २५ प्रतिशत निराशा कम हुन्छ। भ्रष्टाचारको स्थिति कहाली लाग्दो छ। एसिया प्यासिफिक ग्रुप टास्क फोर्सले ग्रे लिस्टमा राखेको छ। हाम्रो आर्थिक अवस्था कहाली लाग्दो रहेको बताए।

सम्बोधनको क्रममा केसीले अगाडी बताए पार्टी भित्रै सुधारको लागि निरन्तर संघर्ष गरयौं। व्यक्ति व्यक्ति झुण्डको पछि लाग्न सकिँदैन। नेपाली काँग्रेस समन्वयवादी पार्टी हो। जुन जुन बेला राष्ट्रमा संकट आउँछ, संकटमोचन गर्न सक्ने पार्टी हो। हामी अहिले सातौँ संविधानमा छौँ। संविधान सभाले बनाएको संविधान हो। यही संविधानलाई सुधार गर्दै अगाडी बढ्नु पर्छ। दुई ओटा ठूल ठुला पार्टी मिलेर सरकार बनाउँदा पनि निराशा चिर्न नसक्नु दुखको कुरा। संविधान संशोधनको स पनि उच्चारण भै रहेको छैन। विश्व द्वन्द्वको थलो। पार्टी भित्र विचारको एकता, एउटा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी। १४, १५ वर्षदेखि भातृ संस्थाहरूको अधिवेशन हुन सकेको छैन। जसले परिक्रमा गर्छन् उनीहरूलाई पुरस्कृत गर्ने परम्परा बस्यो। साथीहरूले चिन्ता हैन, चिन्तन गर्नु पर्ने आवश्यकता छ। २०८२ चिन्तनको वर्ष बन्न सकोस्। अहिलेको परिस्थिति लोकतन्त्र मात्रै हैन सिंगो राष्ट्र र राष्ट्रियताको निम्ति चुनौती देखिएको छ। अर्को द्वन्द्वबाट मुलुकलाई जोगाउने दायित्व पनि नेपाली काँग्रेसको हो। संविधान ब्रह्म वाक्य हैन , संशोधन र परिवर्तन गरेर जानु पर्छ। नयाँ वर्ष नयाँ संकल्पको वर्ष बनोस् भनी केसीले शुभकामना दिए।

यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमंत्री एनपी साउदले नेका अहिले चुनौती पूर्ण अवस्थामा छ। गठबन्धनका बारेमा नेपाली जनतामा अन्योल छ। अस्थिरताको संदेश दिएको छ। संविधान संशोधन गरेर हामीले नेपाली जनताका समस्यालाई सम्बोधन गर्न सक्छौ कि भन्ने हो। तर स्थिरताको संदेश दिन सकी रहेका छैनौ। काँग्रेस र एमाले बिच सात बुँदे सहमति लागू भै रहेको छैन। गैर आवासीय नेपालीले पनि भूमिका निर्वाह गर्नु पर्ने अवस्था छ। पार्टी एक्लै आफ्नो बुतामा चुनाव लडेर बहुमत प्राप्त गर्न पार्टीलाई बलियो बनाउनु पर्ने आवश्यकता छ। कार्यकर्ताहरूको योगदानको आधारमा मूल्यांकन गर्नु पर्ने। भातृ संस्थाहरूको समय मै अधिवेशन गर्नु पर्ने। अभिलेख राख्ने पद्धति विकास गर्नु पर्ने। अनुशासन उल्लङ्घन भै रहेको। पार्टी बलियो बनाए पछि मात्रै प्रजातन्त्र बलियो हुन्छ। देश बाहिर रहेका नेपालीहरूको अधिकार के हो? नेपाल सरकार तपाईँहरूको अभिभावक हो भनेर एनआरएन नागरिकता दिन सुरु गरिएको थियो। संविधानमा जुन प्रबन्ध छ , राजनीतिक अधिकार बाहेक सबै अधिकार नेपाली नागरिक सरह पाउनु पर्छ भन्ने संविधानको मान्यता हो। तर कार्यान्वयनमा आउन सकेको छैन। तुरुन्त सम्बोधन गर्नु पर्छ। पासपोर्ट नवीकरण, नेपालमै आउनु पर्ने बाध्यता हटाउने काम भै रहेको छ। नेपाली काँग्रेसको स्पेस खुम्चँदै गएको छ राष्ट्रिय राजनीतिमा। द्वन्द्वको पहिलो आक्रमण लोकतन्त्रमा हुन्छ, देश कमजोर हुन्छ। परराष्ट्र नीति देशको आन्तरिक नीतिको विस्तार हो भनिन्छ। तर हाम्रो आन्तरिक नीति बाह्य शक्तिको छायामा पर्न सक्ने खतरा देखिन्छ। १४ औँ महाधिवेशनको म्यान्डेट अहिले पनि साकार हुन सकेको छैन भन्दै नयाँ वर्षको शुभकामना दिनु भयो।

कार्यक्रममा ने. का. केन्द्रीय सदस्य तथा ने वि संघ का पूर्व अध्यक्ष गुरुराज घिमिरेले नेपालको लोकतन्त्र सुदृढ हुनेतर्फ अग्रसर होस्। उज्जैनबाट प्रारम्भ भएको विक्रम संवत् अपनाएका छौँ। नेपाली समाजले आर्थिक फड्को मार्न सकेन। दल भित्र र दलहरू भित्र एकता देखिएन। ७६१ सरकारले उत्साहजनक काम गर्न सकी रहेका छैनन्। काँग्रेसले अभिभावकीय भूमिका नेतृत्व निर्वाह गर्नु पर्छ। काँग्रेस अहिले औसत दलमा परिणत भएको छ। सत्तामा मात्रै केन्द्रित भएको छ। नयाँ पुस्ता निराश छन्। बिदेसिई रहेका छन्। पार्टी भित्र बेथिति छ , यो २०८२ मा रोड म्याप तयार गरेर सफलता प्राप्त गर्न सकौँ भनी शुभकामना प्रदान गरे।

नेका गण्डकी प्रदेशका सभापति शुक्र राज शर्माले काँग्रेस आफ्नो विरासतमा फर्कने काम गर्न पर्ने बताए। विगतमा जो आन्दोलन गर्‍यौँ , त्यति बेला हामीसँग विरासत थियो, त्यसलाई हामीले छोडेका छौँ। प्रजातन्त्र र लोकतन्त्र कदापि एक हुन् सक्दैनन्। कम्युनिस्टका नारा र सिद्धान्त अंगिकार गरेको हुनाले कुनै पनि परिणाम जनतालाई दिन सकेका छैनौ। आज हामी सत्तामा भए पनि परिणाम दिन सकेका छैनौँ। धर्म निरपेक्षतालाई हटेर धार्मिक स्वतन्त्रतामा जाऔँ। शेखरले नेतृत्व लिनु पर्‍यो। हामी नेताहरूलाई मन पर्ने शब्द प्रयोग गर्न लागेका छौँ। काँग्रेसलाई आफ्नो विरासतमा फर्काउनु पर्छ। पार्टीको विरासतमा न फर्कीकन नेपाललाई देश र प्रजातन्त्रलाई बचाउन सक्दैनौ। भक्त शिरोमणि र सेवक हुन्। हामी जनताका सेवक हौँ। समाजवाद उन्मुखको ठाउँमा समाजवाद कायम गरौँ। जय नेपालको अभियान सबै नेपालीको साझा बनाउने तपाईँहरूको प्रयास सफल होस् भन्ने शुभकामना छ भनी बताए।

फाउन्डेशन अन्तर्गत ग्लोबल महिला नेटवर्कको अध्यक्ष विनीता अधिकारीले आफूले नेत्रित्वो गरेको नेटवर्कको बारेमा बताउँदै कविता सहित शुभकामना दिनु भएको थियो। फाउन्डेशन अन्तर्गतकै ग्लोबल नलेज नेटवर्कको संयोजक डा निरज श्रेष्ठले सबै सहभागीलाई धन्यबाद दिँदै शुभकामना प्रदान गर्नु भयो।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव तथा अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले गैर आवासीयहरूका मागलाई एक्बद्द भएर मात्र समाधान गर्न सकिने भएको हुँदा आगामी मे महिनामा हुने महाधिवेशनमा भाग लिन सबैलाई आव्हान गर्दै शुभकामना प्रदान गर्नु भयो।

डा केशव पौडेल – कमजोरी सच्याउँदै जाने अवसर मिलोस्। नीति निर्माणमा सुझाव दिन सक्नोस्। नेपाल समृद्ध नभएको कुरा गर्दा दुख् लाग्छ। अरू बढी माया गर्छन्। चिन्तित मात्रै हैन चिन्तन गर्नु पर्ने बेला आएको छ। नेपालमा कथनी र करणी एउटै हुन सकेको छैन। एनआरएनको बारेमा संविधानमा लेखेको कुरा लागू हुन नसक्नु लज्जास्पद स्थिति आएको छ। नेका भित्र आन्तरिक प्रजातन्त्र छैन।

नेपाली जान सम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष तथा विश्व संजालका अध्यक्ष विष्णु सुवेदीले नेकाका भातृ संस्था र जससको अधिवेशन समयमा गराउन जरुरी भएको धारणा राख्दै शुभकामना दिनु भएको थियो।

गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिको सदस्य रबिना थापाले संस्था द्वारा गरिएका काम र आगामी अधिवेशनको बारेमा बताउँदै शुभकामना दिनु भयो। गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिको सदस्य कुल आचार्यले “एनआरएन नागरिकता कार्यान्वयन गर्न नसक्नु देशकै कमजोरी भएको भारत र चीनको उदाहरण हेर्नोस्। हाम्रो नेताहरूको संकीर्ण सोचाइ देखियो। अहिले सम्पत्ति बिक्री भै रहेको छ। यो नागरिकता कार्यान्वयन हुना साथ सम्पत्ति विदेश जाँदैन, पलायन कम हुन्छ। डलर एकाउन्ट खोल्न सकिन्छ तर लगानी गर्न र फिर्ता लैजान सक्ने व्यवस्था गर्नु पर्छ। यसमा ध्यान दिनु पर्छ। हामीले लबी गरेर, सहकार्य गरेर सामाजिक सुरक्षा कोष मा एक खराब २० अरब पैसा छ, त्यो रकम कसरी लगानी गर्ने ? छलफल भएको छैन। लगानी रोकिएको अवस्था छ। संविधानले चुन्ने र चुनिने कुरा मात्रै रोकेको छ, अन्य कुरामा बन्देज न गरियोस्। यादवजी नेपाल आउन तयार पनि हुनुहुन्छ।” भन्ने धारणा राख्दै शुभकामना प्रदान गर्नु भयो।

जसस भारतका अध्यक्ष बालकृष्ण पाण्डेले राजनीति सही ढंगले नजाने हो भने घण्टी, लट्ठी जस्तै विभिन्न तत्त्वले अवसर पाउनेछन् भनी सतर्क गराउँदै शुभकामना प्रदान गर्नु भयो। हलिवुड खबरका सम्पादक पत्रकार कृष्ण केसीले नेपालीहरूको सामाजिक, आर्थिक स्थिति बारे छलफल गर्नु पर्नेमा सुझाव दिँदै आफूलाई एनआरएन नागरिकता लिँदा ६ दिन लागेको र त्यो लिगे पश्चात संविधानसँग बाझ्ने गरी ऐन र कार्यविधि बनाएकोले सो नागरिकता हाल कागजको खोस्टो जस्तो मात्र भइरहेको बताउनु भयो। उहाँले गैर आवासीय नेपाली संघको आगामी मे ३-४ मा काठमान्डौमा हुन लागेको महाधिवेशन सफल पार्न अनुरोध गर्दै शुभकामना प्रदान गर्नु भयो।

कार्यक्रममा विश्व बराल (अमेरिका), अशोक पोखरेल, डा ज्ञानेन्द्र रेग्मी, केशर घलान – नेजसस कुवेतले नयाँ वर्षको शुभकामना र सुझाव दिनु भयो।

फाउन्डेशन अन्तर्गत ग्लोबल युथ नेटवर्कका संयोजक मदन राज पौडेलले संचालन गर्नु भएको कार्यक्रममा उपस्थित सबैलाई युथ नेटवर्कका महासचिव नवराज न्यौपानेले गर्नु भएको थियो। फाउन्डेशन अन्तर्गत ग्लोबल मिडिया नेटवर्कका संयोजक भगीरथ योगीले सबै सहभागीहरूलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका सभापति जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना भएको, संस्थाले विश्व भरिका युवाहरूको सञ्जाल “ग्लोबल युथ नेटवर्क “, महिलाहरूको “ग्लोबल वुमेन नेटवर्क ” सञ्चारकर्मीहरूको “ग्लोबल मिडिया नेटवर्क”, विज्ञहरूको “ग्लोबल नलेज नेटवर्क ” र खेलाडीहरूको “ग्लोबल स्पोर्ट नेटवर्क ” मार्फत विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भैसकेका तथा नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको जानकारी गराउनु भयो।

प्रतिक्रिया