भर्जिनियाको रिचमण्डको बिश्वबिद्यालयमा नेपाली बिधार्थीहरुले मनाए नेपाल रात्री २०२५

इनेप्लिज २०८२ वैशाख १ गते २२:५१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको भर्जिनिया स्टेट युनिभर्सिटी (बिश्वबिद्यालय)मा अध्ययनरत नेपाली बिधार्थीहरुले नेपाल रात्री २०२५ हर्सौल्लास साथ मनाएका छन् । भर्जिनियाको राजधानी रिचमण्ड स्थित उक्त बिश्वबिद्यालयमा नेपाली बिधार्थीहरुले आफ्ना बिभिन्न प्रस्तुति गर्दै नेपाल नाइट २०२५ सम्पन्न गरेका छन् ।

भर्जिनिया स्टेट युनिभर्सिटी (भिसियु )मा अध्ययनरत नेपाली विद्यार्थी संघले गत अप्रिल १२ मा “नेपाल नाइट २०२५” आयोजना गरेको हो । यो कार्यक्रम पछिल्लो ६ वर्षपछिको पहिलो संस्करण हो।

उक्त समारोहमा विशेष अतिथिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बिधार्थीहरुले नृत्य ,नाटक तथा विभिन्न जीवन्त प्रस्तुती गरेका थिए । नेपाली कला र संस्कृति झल्कने विविध प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया