अमेरिकी सीमाबाट भित्रिएका अवैध आप्रवासी विक्टर मार्टिनेज-हेर्नान्डेजलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले “अपराधी” र “राक्षस” को संज्ञा दिएका छन् । २४ वर्षीय विक्टर मार्टिनेज हेर्नान्डेजले मेरिल्याण्डकी पाँच सन्तानकी आमा रेचेल मोरिनको विभत्स हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ।
हेर्नान्डेजलाई प्रथम दर्जाको पूर्वनियोजित हत्या, प्रथम दर्जाको बलात्कार, तेस्रो दर्जाको यौन आक्रमण र अपहरणको अभियोगमा दोषी ठहर गरिएको छ।
उनीलाई २०२४ को जूनमा एक राष्ट्रव्यापी खोज अभियानपछि पक्राउ गरिएको थियो। प्रहरीले उनलाई एक अत्यन्तै खतरनाक अभियुक्तको रूपमा सूचीकृत गरेको थियो, र उनलाई पक्रनका लागि विभिन्न राज्यहरूको सहयोगमा विशेष अपरेशन सञ्चालन गरिएको थियो।
ट्रम्पका अनुसार दोषी ठहर भएका अपराधीलाई राष्ट्रपति जो बाइडेनको “खुला सीमा नीति” अन्तर्गत देशभित्र पस्न दिइको भन्दै आरोप लगाएका छन् । यदि उक्त नीतिले यस्तो अनुमति दिएको नहुने हो भने, रेचेल मोरिन आज पनि जीवित हुने थिइन् ,उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा आक्रोश पोखेका छन् ।
“रेचेल मोरिनको हत्या केवल एक व्यक्तिको मृत्यु होइन, यो अमेरिकी नागरिकहरूको सुरक्षामा सरकारको विफलता हो,” ट्रम्पले भने। “जाली संचार माध्यम न्युजले तथाकथित ‘मेरिल्याण्ड बुवार’मा ध्यान केन्द्रित गरिरहेको छ, जुन वास्तवमा एल साल्भाडोरबाट आएको एमएस–१३ गिरोहको सदस्य र विदेशी आतङ्कवादी हो।”
रेचेल मोरिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, ट्रम्पले अमेरिकाका महिलाहरूलाई सुरक्षित राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले भने, “हामी यस्ता अवैध हत्यारा, बलात्कारी र अपराधीहरूलाई अमेरिका भित्र रहन दिने छैनौं। हामी तिनीहरूलाई देश निकाला गर्नेछौं र अमेरिकी जनतालाई सुरक्षित राख्नेछौं।”
प्रतिक्रिया