अमेरिकाका केही साना व्यवसायहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू गरिएका व्यापक भन्सार शुल्कहरू अवैधानिक भएको दाबी गर्दै न्युयोर्कस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतमा मुद्दा दायर गरेका छन्।
मुद्दामा भनिएको छ, “राष्ट्रपतिले कुनै पनि देशबाट आउने सामानहरूमा जुनसुकै दरमा, जुनसुकै तरिकाबाट, पूर्वसूचना वा सार्वजनिक परामर्श बिना, तुरुन्त शुल्क लगाउन सक्ने अधिकार नपाउने दाबी गरेका छन् — जुन विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ।”
ट्रम्पले देशको व्यापार घाटालाई आपतकाल घोषणा गर्ने कारण बताए पनि दायर गरिएको मुद्दाका अनुसार दीर्घकालीन व्यापार घाटा कुनै “असामान्य वा असाधारण खतरा” होइन जसका आधारमा राष्ट्रिय आपतकाल घोषणा गर्न सकिन्छ।
मुद्दामा अझ भनिएको छ, “यस अदालतले राष्ट्रपति ट्रम्पको अभूतपूर्व शक्ति कब्जालाई गैरकानुनी घोषणा गर्नुपर्छ र कर प्रणालीमा प्रतिनिधित्व बिना कर अस्वीकार गर्ने अमेरिकाको मौलिक सिद्धान्तलाई पुनः पुष्टि गर्नुपर्छ।”
पाँच व्यवसायहरूमा क्रमस न्यूयोर्कको मदिरा वितरक, युटाहको प्लास्टिक पाइप कम्पनी( नली प्रतिष्ठान), भर्जिनियाको शैक्षिक उपकरण उत्पादक, पेनसिलभेनियाको माछा उपकरण व्यवसाय, र भर्मन्टको साइकल पोशाक ब्रान्ड(मार्का) — मिलेर यो मुद्दा दायर गरेका हुन्।
यो मुद्दा ट्रम्पको आयात कर विरुद्धको दोस्रो कानुनी चुनौती हो तर पहिलोपटक मुक्ति दिवसका नाममा लागू गरिएका व्यापक उपायहरूलाई सीधा चुनौती दिएको छ।
प्रतिक्रिया