कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरे।
महामन्त्री थापाले भने, ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला-ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौँ। खास गरी गभर्नेन्समा व्यापक सुधार गर्छौँ। व्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भूमिका लिन्नँ तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा ‘वार फुटिङ’मा काम गर्दछु, व्यक्तिगत रूपमा जोखिम उठाउन, गाली खान तयार छु, किनभने अब काम गर्नुपर्छ। परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ।’
उनले सरकारी कामकारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरे पनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरे
प्रतिक्रिया