चीनले आफ्ना आन्तरिक विमानसेवा(एयरलाइन्स)हरुलाई अमेरिकी विमान निर्माता बोइङबाट नयाँ विमान डेलिभरी( ढुवानी)लिन रोक लगाउने आदेश दिएको छ।
यो निर्णय अमेरिका र चीनबीच चर्किंदै गएको व्यापार युद्धको पृष्ठभूमिमा आएको हो, जसको समाचार ब्लूमबर्ग न्यूजले गरेको छ।
समाचार अनुसार चीन सरकारले आफ्ना बिमानसेवाहरुलाई अमेरिकी कम्पनीहरूबाट विमानका पूर्जा(पार्ट्स) र अन्य भागहरु पनि किन्न नदिने निर्देशन दिएको छ।
यता बोइङले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। बोइङको सेयर मूल्यमा पूर्व-बजार कारोबारमा ३ प्रतिशतको गिरावट आएको छ।
यो आदेश त्यतिबेला आएको हो जब चीनले अमेरिकी सामानहरूमा प्रतिशोधस्वरूप भन्सार शुल्क १२५ प्रतिशत पुर्याएको छ।
यो दर राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा लगाएको शुल्कसॅग मेल खान्छ। केही वस्तुहरूमा यो दर १४५ प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ। यसले अमेरिकी विमान र पूर्जाहरुको मूल्य दोब्बरभन्दा बढी बनाउने भएकाले बोइङका लागि चिनियाँ बजार घाटामा जान सक्ने देखिएको छ।
बोइङले यस वर्षको पहिलो त्रैमासिकमा १३० वटा विमान ढुवानी गरिसकेको छ भने जसमध्ये १०० भन्दा बढी ७३७ म्याक्स जेट्स छन्।
तीमध्ये लगभग १० वटा चीनका विभिन्न विमानसेवाहरु चाइना सदर्न, एयर चाइना र श्यामेन विमानसेवालाई पठाउने तालिका थियो।
तर केही विमानहरूको कागजी प्रक्रिया पहिल्यै पूरा भएकाले ती विमानहरू अझै चीन प्रवेश गर्न सक्ने सम्भावना रहेको ब्लूमबर्गले जनाएको छ।
प्रतिक्रिया