अमेरिकाको टेनेसीको न्याशभिल शहरमा ५४ वर्षीय क्यान्डिडो राउल रुबियो-पेरेजले आफ्नी पूर्व पत्नीलाई चाडवेल एलिमेन्टरी स्कूल( प्राथमिक विघालय)बाहिर छुरा प्रहार गरी हत्या गरेको आरोप लगाईएको छ । उनि अझै फरार रहेका छन्।
पीडित ५२ वर्षीया नियुर्का आल्फोन्सो-असेभेडो उक्त विद्यालयमा सन् २०२४ देखि सरसफाइ कर्मचारीको रूपमा कार्यरत थिइन्।
स्रोतका अनुसार घटना अप्रिल १४ तारिख बिहान करिब ६ बजे भएको थियो, जुन समयमा विद्यार्थीहरू विद्यालय आइसकेका थिएनन्। प्रहरीले दिएको जानकारी अनुसार रुबियो-पेरेज पहिले नै त्यहाँ पुगेर पीडितको पर्खाइमा थिए र योजनाबद्ध रूपमा उनले यो आक्रमण गरेका हुन्।
न्याशभिल प्रहरी विभागले रुबियो-पेरेजविरुद्ध आपराधिक हत्या सम्बन्धी पक्राउ पुर्जी जारी गरेको छ । उनको खोजी तीव्र रूपमा जारी छ। प्रहरीले जनतालाई उनीबारे जानकारी भएमा तुरुन्तै ६१५-७४२-७४६३ सख्यामा सम्पर्क गर्न अनुरोध गरेको छ।
जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने र ५,००० डलर सम्मको पुरस्कार दिइने भएको छ ।
न्याशभिल प्रशासनले यस घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडितको परिवार तथा विद्यालय समुदायप्रति समर्थन जनाएको छ।
प्रतिक्रिया