राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने प्रयासस्वरूप विदेश विभाग द्वारा प्रदान गरिएका १३९ अनुदान रद्ध गरेको घोषणा गरेको छ। यी अनुदानहरूको कुल मूल्य लगभग २१४ मिलियन अमेरिकी डलर रहेको बताइएको छ।
विदेश सचिव मार्को रुबियोले मंगलबार जानकारी दिँदै भने, “अमेरिकी करदाताहरूले लेबनानमा ‘प्रवासी घरेलु कामदारहरूको आन्दोलन’ निर्माण वा बेलायतमा ‘गेट द ट्रोल्स आउट !’जस्ता भ्रमपूर्ण कार्यक्रमहरूमा पैसा खर्च गर्नु हुँदैन।”
उनले अगाडी भने , “हामी अघिल्लो प्रशासनले छाडेको अस्तव्यस्ततालाई सुधार गर्दैछौं र यस्तो विभाग पुनर्निर्माण गर्दैछौं जसको प्राथमिकता अमेरिका प्रथम हो।”
हाल रद्ध गरिएका सबै अनुदानहरूको सूची सार्वजनिक भइनसकेको भए पनि यो निर्णय ट्रम्प प्रशासनले विदेश बिभागको खर्च कटौती गर्ने योजनाअन्तर्गत लिएको हो। सिएनएनले प्राप्त गरेको एक गोप्य दस्तावेज अनुसार, प्रशासनले विदेश बिभाग स्टेटको बजेट लगभग आधा गर्न र विदेशस्थित करिब ३० दूतावास तथा बाणिज्यदुतावास हरू बन्द गर्न योजना बनाएको छ।
प्रतिक्रिया