अमेरिका युक्रेनसम्बन्धी एक महत्वपूर्ण संयुक्त वक्तव्यमा दस्तखत गर्न अस्वीकार गरेको एक वरिष्ठ क्यानाडाली अधिकारीले सीएनएनलाई जानकारी दिएका छन्। यो वक्तव्य विश्वका सात शक्तिशाली राष्ट्रहरूको समूह जी७ द्वारा तयार गरिएको थियो।
“हाललाई हामी यसमा धेरै अर्थ निकालिरहेका छैनौं, तर यो सत्य हो कि अमेरिका त्यो वक्तव्यमा दस्तखत गर्न तयार भएन जुन जी७ का अन्य सदस्य राष्ट्रहरूले सहमति जनाइसकेका थिए,” अधिकारीले भने।
सीएनएनले यसबारे ह्वाइट हाउससँग सम्पर्क गरेको छ तर तत्काल कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । क्यानाडाको बिश्व मामला विभागले जी७को प्रक्रिया सम्बन्धी टिप्पणी गर्न अस्वीकार गरेको छ।
ब्लूमबर्गको आजको समाचार अनुसार, सो संयुक्त वक्तव्यमा रुसद्वारा युक्रेनको सुमी शहरमा गरिएको एक घातक आक्रमणको कडा निन्दा गरिएको थियो। तर अमेरिकी अधिकारीहरूले यस वक्तव्यले मस्कोसँग भइरहेका संवेदनशील वार्तामा बाधा पुर्याउन सक्ने आशंका गरेका कारण अमेरिका दस्तखतबाट पछि हटेको जनाइएको छ।
यो घटनाले जी७ सदस्य राष्ट्रहरूबीचको एकता र युक्रेनप्रतिको साझा धारणा कति मजबुत छ भन्ने सवाल उठाएको छ। अमेरिकाको यस्तो कदमलाई कतिपय विश्लेषकहरूले कूटनीतिक सावधानी भनेका छन् भने केहीले यसलाई पश्चिमी ऐक्यबद्धतामा कमजोरीको संकेतको रूपमा हेरेका छन्।
प्रतिक्रिया