अमेरिकाको मेरिल्याण्ड राज्यमा ब्याडमिन्टन (प्वाखे मुङ्ग्रो) प्रतियोगिता सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली नयाँ बर्षको उपलक्ष्यमा आयोजित उक्त प्रतियोगिता मेरील्याण्ड नेपलिज ब्याडमिन्टन क्लबले आयोजना गरेको हो । नेपाली नयाँबर्षमा प्रथम प्वाखे मुङ्ग्रो प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए । बिजेताले २,००० डलर नगद प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा २७ वटा टोलीले सहभागी जनाएका थिए । उक्त प्रतियोगिता निकै रोमांचकका साथ दिनभर चलेको प्रतियोगिताको अन्तिम निर्णायक (फाईनल)डिसी सेर्पा ,सिके जुग्जाली (न्यूयोर्क) द्वितीय तथा आयोजक टोली कुल रोका तथा किशोर श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएका थिए।
प्रथम पुरस्कार दुई हजार डलर र द्वितीय पुरस्कार एक हजार डलर राशि राखिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक बाल्टीमोर बिजनेज ब्रोकरका निक इश्वर अधिकारीले गरेका थिए ।
स्थानीय समाजसेवी र ब्यबसायीहरुबाट पनि आर्थिक सहायता रहेको थियो । कुल रोका अध्यक्ष रहेको यस क्लबले हरेक बर्ष प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता समेत जनाएको छ।
तस्बिर कृतज्ञता : सन्देश खड्का ,सन्देश टुडे
प्रतिक्रिया