युवराज श्रेष्ठ झुठा मान्छे हो,उहाँलाई मसँग विवाह गरेर अमेरिका जाने सपना थियो:अरुणिमा लम्साल

इनेप्लिज २०८२ वैशाख ३ गते ०:५१ मा प्रकाशित

काठमाडौं, २ बैशाख । चर्चित नायिका अरुणिमा लम्सालले आफूले पति युवराज श्रेष्ठसँग डिभोर्स फाइल गरेको खुलासा गरेकी छिन् । अमेरिका बस्ने नायिका लम्सालले गत सालमात्रै नेपालमा युवराजसँग विवाह गरेकी थिईन् । यो उनको दोस्रो विवाह हो । तर, विवाह गरेको छोटो समयमा नै यो जोडी अलग हुन लागेको छ ।

खासमा नायिका लम्सालले नै डिभोर्सको फाइल अघि बढाएकी छिन् । पति युवराजले डिभोर्सको लागि समझदारी नगरेको कारण कानूनी प्रक्रियामा अघि बढेको उनको भनाई छ । उनले युवराजलाई आफूसँग विवाह गर्ने सपनाभन्दापनि आफूसँग विवाह गरेर अमेरिका जाने सपना रहेको खुलासा गरेकी छिन् । तर, त्यो सपनापनि युवराजको पूरा नभएको उनको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूले गलत मान्छेसँग विवाह गरेको टिप्पणी गरेकी छिन् । उनले भनिन्,‘उहाँले विवाह गर्नको लागि जे जे बोल्नुभयो, त्यो हिसाबले मैले उहाँसँग विवाह गरें । पछि थाहा पाएँ की त्यो सबै कुरा गलत रहेछ भनेर । त्यस्तो झुठो बोल्ने मान्छेसँग म सम्बन्ध राख्न सक्दिनँ भनेर मैले उहाँलाई डिभोर्स दिन लागेको हो ।’ पतिले झुठो बोलेका कुरा चार/पाँच वटा विषय भएपनि आफूले तत्काल ती विषय मिडियामा नल्याउने पनि उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया