ट्रम्प प्रशासनको प्रहार: न्यूयोर्क महान्यायाधिवक्ता लेटिसा जेम्समाथि मोर्गेज धोखाधडीको आपराधिक अनुसन्धान सिफारिस

इनेप्लिज २०८२ वैशाख ३ गते १:१८ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क राज्यकी महान्यायाधिवक्ता (अटर्नी जनरल )लेटिसा जेम्स माथि ट्रम्प प्रशासनले गम्भीर आरोप लगाएको छ। मोर्गेज (गृह कर्जा) धोखाधडीको आरोपमा उनलाई आपराधिक अनुसन्धानका लागि सिफारिस गरिएको छ।

फक्सन्यूजले प्राप्त गरेको कागजातअनुसार संघीय आवासीय वित्तीय निकाय (एफएचएफए)ले न्याय विभागलाई आपराधिक सिफारिस पठाएको छ। एफएचएफए निर्देशक विलियम पल्टीले अमेरिकी महान्यायाधिवक्ता पाम बोंडीलाई लेखेको पत्रमा लेटिसा जेम्सले कर्जा प्राप्त गर्नका लागि झूटा कागजात पेश गरेको आशंका व्यक्त गरिएको छ।

आरोप अनुसार जेम्सले भर्जिनिया स्थित सम्पत्ति आफ्नो मुख्य निवास भनेर उल्लेख गरेकी थिइन्, जुन उनको सरकारी हैसियत अनुसार वैधानिक छैन, किनभने उनी एक निर्वाचित न्यूयोर्क अधिकारी हुन्। साथै, उनले न्यूयोर्कको सम्पत्तिलाई ५ इकाईको सट्टा ४ इकाई भएको उल्लेख गरेकी छन्, जसले उनीलाई अनुकूल ऋण प्राप्त गर्न मद्दत गरेको बताइएको छ।

फक्सन्यूजका अनुसार सबैभन्दा अचम्मको आरोप उनले आफ्ना बुबालाई पति भनेर मोर्गेज आवेदन पत्रमा उल्लेख गरेकी छन् एफएचएफएका अनुसार १९८३ र २००० मा किनिएको सम्पत्तिको कागजमा जेम्स र उनका पिता “पति-पत्नी” भनेर उल्लेख गरिएको छ।

प्राध्यापक जोनाथन टर्लीले यस विषयमा टिप्पणी गर्दै भने, “जेम्स आफैंले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वित्तीय कागजातमा झूटो विवरण दिएको आरोपमा मुद्दा हालेकी थिइन्। अब त्यही मापदण्ड उनलाई लागू गरियो भने यो मुद्धा ‘सीधा’ देखिन्छ।”

लेटिसा जेम्सले राष्ट्रपति ट्रम्प, ट्रम्प संगठन र त्यसका शीर्ष नेताहरूविरुद्ध सन् २०२२ मा नागरिक ठगी मुद्दा दर्ता गरेकी थिइन्, जसमा ट्रम्पलाई ४५४ मिलियन डलर तिर्न अदालतले आदेश दिएको थियो। सो आदेश अहिले अपिलमा छ।

तर २०२५ मा पनि जेम्स ट्रम्प प्रशासनविरुद्ध सक्रिय रहँदै कम्तीमा पाँचवटा कानुनी कार्यवाही अगाडि बढाइसकेकी छिन्, जसमा बित्तिय बिभाग प्रणालीमा पहुँच रोक्ने प्रयास र अनुसन्धान संस्थाहरूको अनुदान कटौती सम्बन्धी मुद्दा प्रमुख छन्।

यो घटनाले राजनीतिक द्वन्द्वलाई थप चर्काउने देखिन्छ । जहाँ एकातर्फ जेम्स ट्रम्प विरुद्धको कानुनी अभियोगको मुख्य पात्र हुन्, अर्कातर्फ उनीमाथि अहिले आफैं कानुनी जाँचको सामना गर्नुपर्ने स्थिति देखिएको छ।

प्रतिक्रिया