काठमाडौँ । आगामी बजेट र विकासका लागि वित्तीय व्यवस्थापनसम्बन्धी अन्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
ट्याक्स एड एलायन्स, ट्याक्स एन्ड फिस्कल जस्टिस एलायन्स नेपाल, एजुकेशन आउट लाउड, ग्लोबल पार्टनरशिप फर एजुकेशन र एक्सनएड नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालको वर्तमान आर्थिक अवस्था र वित्तीय चुनौतीबारे गहन छलफल गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले स्रोतको प्रभावकारी प्रयोगमा कमजोरी रहेको भन्दै थन्किएका सरकारी मोटरसाइकलहरूको उदाहरण दिएका थिए। वरिष्ठ अर्थशास्त्री डा. डिल्ली राज खनालले सरकारलाई तलब दिनसमेत कठिन भएको अवस्थामा आम्दानी घट्दै गएको र खर्च बढेको बताए।
वरिष्ठ पत्रकार जनार्दन बरालले बाह्य सहायता घट्दा आन्तरिक अर्थतन्त्र कमजोर भएको बताए भने चाटर्ड एकाउन्टेन्ट प्रवेश आचार्यले सावधिक व्याजको भारले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट संकट देखिएको उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरूले आर्थिक ऐनको अभावलाई सबैभन्दा चिन्ताजनक विषय मानेका थिए। आर्थिक ऐन नहुँदा स्रोत व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कठिन भएको उनीहरूको धारणा थियो ।
प्रतिक्रिया