राष्ट्रपति ट्रम्पको कडा कदम: अवैध आप्रवासीले अब सामाजिक सुरक्षा सुविधा नपाउने,ठगी नियन्त्रण कार्यक्रम सुरु गरिने

इनेप्लिज २०८२ वैशाख ३ गते १०:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एउटा महत्वपूर्ण आदेशमा हस्ताक्षर गर्दै अवैध आप्रवासी र अयोग्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा लाभ पहुँचबाट रोक्ने घोषणा गरेका छन्।

उक्त कार्यकारी ज्ञापनमा सामाजिक सुरक्षा प्रशासन अन्तर्गतको ठगी अनुसन्धान कार्यक्रमलाई विस्तार गर्ने उल्लेख छ । साथै १५ वटा अमेरिकीअधिवक्ता कार्यालयहरूमा मेडिकेयर र मेडिकेड (वरिष्ठ नागरिक स्वास्थ्य बीमा योजना तथा गरिब तथा अयोग्य (कम आय भएका) व्यक्तिहरूका लागि स्वास्थ्य बीमा) ठगी नियन्त्रण कार्यक्रम सुरु गरिनेछ।

ट्रम्प प्रशासनको यो कदमले करदाताको पैसाको दुरुपयोग रोक्ने, सामाजिक सुरक्षा प्रणालीलाई दुरुस्त राख्ने र अवैध रूपमा लाभ लिइरहेका व्यक्तिहरूलाई नियन्त्रणमा ल्याउने उद्देश्य राखेको छ।

ज्ञापनमा सामाजिक सुरक्षा निरीक्षकलाई सय वर्ष वा त्योभन्दा बढी उमेर भएका व्यक्तिहरूको आम्दानी विवरण र सामाजिक सुरक्षा प्रशासन अभिलेखबीच मेल नखाने मामलाहरूको अनुसन्धान गर्न निर्देशन दिइएको छ, जसले पहिचान चोरीको समस्या समाधानमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

अमेरिकी नागरिकहरूको हक, श्रम र करदाताको योगदान सुरक्षित राख्न यस्तो कदम अत्यावश्यक भएको राष्ट्रपति ट्रम्पले स्पष्ट परेका छन् ।

प्रतिक्रिया