“ट्रम्पको भन्सार नीतिविरुद्ध क्यालिफोर्नियाको विद्रोह: अर्थतन्त्र जोगाउन अदालतको शरणमा”

इनेप्लिज २०८२ वैशाख ३ गते १४:१३ मा प्रकाशित

क्यालिफोर्निया राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार नीतिविरुद्ध मुद्दा दायर गर्दै अमेरिकाको कुनै राज्यद्वारा ह्वाइट हाउसविरुद्ध उठाइएको पहिलो कानुनी कदम चालिएको छ।

डेमोक्र्याट गभर्नर गेभिन न्युजम र राज्यका महान्यायाधिवक्ता रोब बोंटाले ट्रम्पले ‘इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट’ (आइइइपिए)को गलत प्रयोग गर्दै विदेशी देशहरूमा एकलौटी रूपमा भन्सार लगाएको आरोप लगाएका छन्। 

यी भन्सारहरूले क्यालिफोर्नियाको विशाल अर्थतन्त्र, सिलिकन उपत्यका  प्रविधि कम्पनीदेखि मध्य उपत्यकाका कृषकहरूसम्म, सबैलाई ठुलो असर पार्ने उनिहरुले दाबी गरेका छन्।

“राष्ट्रपति ट्रम्पको गैरकानुनी भन्सारले क्यालिफोर्नियाका परिवार, व्यवसाय र अर्थतन्त्रमा विनाश ल्याइरहेको र मूल्यवृद्धि गराउँदै रोजगारीमा खतरा उत्पन्न गरेको छ,” न्युजमले भने। 

हामी अमेरिकी परिवारका पक्षमा उभिएका छौं जसले यो अराजकता सहन सक्दैनन् ।

यो मुद्दा क्यालिफोर्नियाको उत्तरी जिल्ला संघीय अदालतमा दायर हुनेछ। 

यसअघि लिबर्टी जस्टिस सेन्टरले पनि पाँच व्यवसायीहरूको तर्फबाट यस्तै मुद्दा दायर गरिसकेको छ । ट्रम्पले संसदलाई बेवास्ता गर्दै सन् १९७७ को आइइइपिए ऐन प्रयोग गरेका छन् जुन आपतकाल वा राष्ट्रिय सुरक्षासम्बन्धी संकटमा मात्र प्रयोग गर्न मिल्ने प्रावधान हो।

प्रतिक्रिया