ट्रम्प प्रशासनले अमेरिकाका कम्तीमा ९० विश्वविद्यालयहरूमा अध्ययनरत ६०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताहरूको प्रवेशाज्ञा (भिसा ) रद्ध गरेको छ।
यो विवरण सिएनएद्वारा अदालत कागजात, वकिलका बयानहरू र विश्वविद्यालयहरूको घोषणाका आधारमा पुष्टि गरिएको हो।
हाल प्रवेशाज्ञा(भिसा) रद्ध गरिएका विद्यार्थीहरूले तुरुन्तै देश छाड्नुपर्ने हो वा अध्ययन जारी राख्न पाउने हो भन्ने स्पष्ट नभएको सिएनएनले जनाएको छ । अमेरिकी विदेश विभागले यस प्रक्रियामा कुनै स्पष्टता दिएको छैन, तर यस अवस्थालाई “परिवर्तनशील” र “चालु प्रक्रिया” भएको भनेको छ।
विदेश विभागका प्रवक्ताले विदेश सचिव मार्को रुबियोको भनाई उद्धृत गर्दै आप्रवासन तथा राष्ट्रियता ऐन अनुसार, आतंकवादी गतिविधि समर्थन गर्ने, त्यसको प्रचार गर्ने वा अन्यलाई त्यस्तो गतिविधिको समर्थन गर्न प्रेरित गर्ने विदेशीहरूजस्तै हमास जस्ता संगठनहरूसँग सम्बन्धित हुनेहरू अमेरिकी प्रवेशाज्ञाको लागि अयोग्य हुने बताए।
विदेश विभागले विद्यार्थी तथा आदान–प्रदान कार्यक्रम (SEVIS) अन्तर्गत विद्यार्थीहरूको विवरणहरू रद्ध गरिरहेको छ।
तर विश्वविद्यालयहरू वा विद्यार्थीहरूलाई प्रवेशाज्ञाहरु रद्दको जानकारी औपचारिक रूपमा दिइएको छैन।
अधिकांश विश्वविद्यालयहरूले प्रणालीमार्फत प्रवेशाज्ञाहरु रद्ध भएको पत्ता लगाएका छन्।
यो कदमले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया