काठमाडौं । चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारणमा आउने भएको छ । हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो ।
कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युवमा अपलोड हुने प्रस्तोता रिजालले बताए । विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेशवासीको लवजमा प्रस्तुत हुँनेछन् । कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाई छ ।
कार्यक्रमको पहिलो भाग आज फिल्म ‘होष्टल ३’ अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिछन् । त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन् ।रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा संचालन गरेका थिए । पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अबभने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो ।
प्रतिक्रिया