चिनियाँ केही सामानहरुमा २४५% सम्म महसुल

इनेप्लिज २०८२ वैशाख ४ गते १०:२० मा प्रकाशित

ह्वाइट हाउसले चीनबाट आउने केही निश्चित वस्तुहरू — विशेषगरी विद्युतीय सवारीसाधन र सुई (सिरिन्ज)हरूमा अहिले २४५% सम्मको आयात महसुल (ट्यारिफ ) लागु गरिएको स्पष्ट पारेको छ ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अमेरिकी व्यापारविरुद्ध चालेको प्रतिशोधी कदमहरूका कारण उसले अब २४५% सम्मको महसुल सामना गर्नुपरेको छ।”

यो महसुल “खण्ड ३०१” अन्तर्गतको उत्पादन -विशेष महसुलमा थप १४५% थपिएको हो। खण्ड ३०१ शुल्कहरू सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको थियो, जसलाई पछि राष्ट्रपति जो बाइडेनले केही वस्तुहरूमा अझै कडाइ गरेका थिए।

उदाहरणस्वरूप, बाइडेनले इभिएस मा १००% भन्सार शुल्क लगाएका थिए। अहिले राष्ट्रपति ट्रम्पको १४५% को नयाँ कर थपिँदा कुल शुल्क२४५% पुगेको हो।

यस कदमलाई अमेरिकाले घरेलु उद्योगको सुरक्षाका लागि उठाएको कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया