राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार घोषणा गरेअनुसार, अमेरिका र यूक्रेनबीचको ८० पृष्ठ लामो खनिज सम्झौता आगामी बिहीवार (२६ अप्रिल) मा हस्ताक्षर हुने भएको छ।
ओभल अफिस(कार्यालय)मा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पत्रकार सम्मेलनमा ट्रम्पले सम्झौता छिट्टै हुने बताए। यद्यपि वित्तीय सचिव (ट्रेजरी सेक्रेटरी )स्कट बेसेन्टले पछि स्पष्ट पार्दै सम्भवतः यो सम्झौता २६ अप्रिलमा हस्ताक्षर हुने बताए ।
यस सम्झौतासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर,ब्लुमबर्गकोसमाचार अनुसार अमेरिकाले रूससँगको युद्धमा दिएको सैन्य सहायता फिर्ता लिने माग ३०० बिलियन डलरबाट घटाएर १०० बिलियन डलरमा ल्याएको छ।
राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले ट्रम्पको कार्यकाल अघि दिइएको सहायता ऋण नभएको बताए पनि अबको सहयोगका लागि यूक्रेनले तिर्नुपर्ने कुरा स्वीकार गरेका छन्। उनले पछिल्लो साताको बैठकपछि “सकारात्मक प्रगति” भएको बताएका थिए।
बिहीवार पत्रकारहरूको जिज्ञासामा अमेरिकी अर्थ बिभागक सचिव बेसेन्टले सम्झौता “पहिल्यै सहमति भएको जस्तै नै” भएको बताए। उनले अस्विकार नगरी अमेरिका र युक्रेनबीच “रेयर अर्थ” अर्थात् दुर्लभ पृथ्वी खनिजहरूको अधिकार विनिमयको रूपमा दिइएको हो।
जेलेंस्कीले बुधवार एउटा समझदारीपत्र जुनसुकै बेला हस्ताक्षर हुनसक्ने बताएका थिए, जुन सम्झौताको पूर्वाधार हो। बेसेन्टले बताएअनुसार, यो समझदारीपत्र जेलेंस्कीले फेब्रुअरीमा व्हाइट हाउस भ्रमणको क्रममा हस्ताक्षर गर्ने भनिएको थियो ।
सम्झौता राष्ट्रपति ट्रम्प वा जेलेंस्कीले गर्ने नभई यूक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्को र अमेरिकी वित्तीय सचिव बेसेन्टले हस्ताक्षर गर्ने सम्भावना रहेको जनाइएको छ।
प्रतिक्रिया