अत्यन्तै महंगो Gemstone quality Jade बाट बनेको कारण विस्वकै महंगो २.५ मि अग्लो वुद्धको मूर्तियुक्त १,००० बर्ष टिक्ने गरी २ करोड डलरमा निर्माणाधिन वुद्धा स्तुपामा वुद्धको जन्मस्थल बिषयमा भएको गल्तीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानको अनुरोधमा सच्याएकोले २०२२ को वुद्ध जयन्तीको अवसरमा स्तुपाका निर्देशक इयान ग्रीनलाई अभियानले सम्मान गरेको मेलबर्नबाट करीब डेढ घन्टाको दूरीमा रहेको बेन्डिगो शहरमा नेपाली समुदायको औपचारिक पहिलो कार्यक्रमको रुपमा मनाइएको नयाँ बर्ष २०८२ बिभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न भएको छ ।
यस अगाडि पनि बेन्डिगोमा नेपाली समुदायद्धारा कार्यक्रम आयोजना हुने गर्थे, तर नेपाली समुदायलाई Nepalese in Bendigo नाम मार्फत कमल गौतमको अध्यक्षतामा संस्थागत गरिएपस्चात यो पहिलो औपचारिक कार्यक्रम हो ।
कार्यक्रममा मन्तब्य दिने क्रममा लुम्बिनि-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेस्ठद्धारा सरकारद्धारा गरिनुपर्ने काम जनस्तरबाट गरिए तापनि अभियानले बिशेषत: अभियानको शुरुवाती २०१० देखि २०१२ सम्ममा अभियानले अभियानका कामहरुमा इन्टरनेटमा क्रान्ति ल्याएको बताउँदै अभियानका राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपल्ब्धीहरुबारे संक्षेपमा जानकारी दिए ।
सोही कार्यक्रममा समुदाय र कार्यक्रम सफल बनाउन उल्लेख्य योगदान दिने बिभिन्न ब्यक्तिलाई लुम्बिनि-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेस्ठ र नेप्लिज इन बेन्डिगोका अध्यक्ष कमल गौतमद्धारा प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
बेन्डिगोमा नेपाली समुदायद्धारा बिगतमा गरिएका कामहरुको भिडियो प्रदर्शन गरिएको उक्त कार्यक्रममा कृतिकाद्धारा नेपाली नाच प्रदर्शन गरिएको थियो भने र प्रदिप्, बिक्रम र अमितद्धारा गीत गाइएको थियो र प्रदिप्, बिक्रम र अमितद्धारा खेल पनि खेलाइएको थियो ।
प्रतिक्रिया