मेरिल्याण्डका सिनेटरले एल साल्भाडोर कारागारमा पठाईएका किलमारसँग भेटे : ट्रम्प प्रशासन र सर्वोच्च अदालतबीच बढ्दो विवाद

इनेप्लिज २०८२ वैशाख ५ गते १०:५० मा प्रकाशित

अमेरिकी डेमोक्र्याटिक दलका सिनेटर क्रिस भ्यान होलन (मेरील्याण्ड)ले यस हप्ता एल साल्भाडोर पुगि उनले अवैध रूपमा अमेरिका बस्दै आएका २९ वर्षीय किलमार अब्रेगो गार्सियासँग अन्ततः बिहीबार राति भेट गरेका छन् ।

भ्यान होलनले सामाजिक सञ्जाल एक्समा यस्तो लेखेका छन् “मैले यस यात्राको मुख्य उद्देश्य किलमारसँग भेट गर्नु हो भनेको थिएँ, र आज राति त्यो सम्भव भयो।” उनले गार्सियाको श्रीमती जेनिफरलाई पनि दूरवार्ता (फोन) गरी उनको सन्देश सुनाएको बताए।

गार्सियालाई गत महिना एल साल्भाडोरको चर्चित “आतंकवादी नियन्त्रण केन्द्र (सिइसिओटी)” मा पठाइएको थियो। सुरुवातमा प्रशासनले यो निर्वासन प्रशासनिक गल्ती भएको स्वीकारे पनि अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पका केही शीर्ष अधिकारीहरूले उनलाई कुख्यात एमएस-१३ गिरोहको सदस्य भन्दै निर्वासन सही भएको दाबी गरेका छन्।

अमेरिकी संघीय तथा सर्वोच्च अदालत दुबैले गार्सियालाई अमेरिका फर्काएर उचित कानुनी प्रक्रिया अपनाउन आदेश दिएका छन्।

सिनेटर होलनले गार्सियासँग भेटका लागि एल साल्भाडोर उपराष्ट्रपति फेलिक्स उलोआसँग भेट गर्दा सुरुमा कारागार भ्रमण अनुमति दिन अस्वीकार गरिएको थियो। तर अन्ततः गार्सियासँग संक्षिप्त भेट र हात मिलाउन उनि सफल भए।

प्रतिक्रिया