अलास्काको आदिवासी समुदायका मार्विन रोबर्ट्सले आफ्ना तीन साथीहरूसँग मिलेर गरेको भनिएको सन् १९९७ को हत्या घटनामा दोषी ठहर भई करिब २० वर्ष जेल(कारागार)मा बिताए। तर, रोबर्ट्सले सधैं आफू निर्दोष भएको दाबी गर्दै आएका थिए।
अब, उनले फेयरब्याङ्क्स शहरसँग ११.५ मिलियन अमेरिकी डलरको क्षतिपूर्ति सम्झौता गरेका छन्। यो सम्झौता अमेरिकी संघीय न्यायाधीश श्यारोन ग्लीसनले बिहीबार अन्तिम रूप दिएपछि उनको लामो समयदेखि चलिरहेको मुद्दा अन्त्य भएको हो।
रोबर्ट्स भनिन् “कुनै पनि रकमले निर्दोष भएर कारागारमा बिताएको पीडा मेट्न सक्दैन। तर यो सम्झौताले मलाई परिवारसँग समय बिताउने स्वतन्त्रता दिएको छ।”
फेयरब्यांक्स ४ भनिने यी चार जनामध्ये अरू तीन जना—जर्ज फ्रेस, यूजिन भेन्ट, र केभिन पिजले पहिल्यै प्रति व्यक्ति १.५९ मिलियन डलरमा सम्झौता गरिसकेका थिए। तर रोबर्ट्सले अझै लड्ने निर्णय गरेका थिए।
यी चारै जना आदिवासीमूलका हुन्, र उनीहरूमाथि जातीय विभेदका आधारमा मुद्दा लगाइएको आरोप पटक-पटक उठाइएको थियो।
यद्यपि प्रहरी विभागले १५ वर्षीय जोन हार्टम्यानको हत्या अझै खुला र सक्रिय मामिला भएको बताएको छ ।
प्रतिक्रिया