जापानमा ३ दशकसम्म सेवा गरेका चालकले ७ डलर चोरी गर्दा ८४ हजार डलर गुमाए : जापानी चालकको कटु अन्त्य

इनेप्लिज २०८२ वैशाख ५ गते १२:४६ मा प्रकाशित

जापानको क्योटो शहरमा २९ वर्षसम्म बस (यात्री सवारी साधन)चालकको रूपमा इमानदारीपूर्वक काम गरेका एक ५८ वर्षीय व्यक्तिले यात्रुबाट १,००० यान (झण्डै ७ डलर ) चोरी गरेको आरोपमा आफ्नो सेवाबाट बर्खास्त हुनुका साथै झण्डै १२ मिलियन यान (लगभग ८४,०००) बराबरको पेन्सन (निवृतिभरण)समेत गुमाएका छन्।

सन् २०२२ मा यात्रियान(बसको )सुरक्षा क्यामेरा(चित्रग्राही)ले उनलाई नगद चोरी गरेको देखाएको थियो। जब पाँच यात्रुहरूले मिलेर १,१५० यान तिरे, उनले त्यसमध्ये १,००० नोट यन्त्रमा नहालिकन आफैं राखेका थिए। घटनाको श्रब्यदृश्य (भिडियो )देखेपछि पनि उनले सुरुमै चोरी स्वीकार गरेका थिएनन्।

चालकले अदालतमा क्योटो शहर विरुद्ध मुद्दा दायर गर्दै सजाय अत्यधिक भएको दाबी गरेका थिए। एक पटक तल्लो अदालतले उनको पक्षमा फैसला गरे पनि अन्ततः जापानको सर्वोच्च अदालतले बिहीबार क्योटो शहरकै निर्णयलाई सदर गर्‍यो। न्यायाधीशहरूले भने, “सार्वजनिक धनसम्बन्धी कार्यमा यस्तो धोकाले जनताको विश्वास गुम्ने खतरा पैदा गर्छ।”

जापानको सार्वजनिक सेवा प्रणालीमा इमानदारी अति कडा रूपमा लिइन्छ। साना गल्तीहरू पनि त्यहाँ दीर्घकालीन परिणाम ल्याउन सक्छन् भन्ने प्रमाण यो एउटा उदाहरण हो ।

प्रतिक्रिया