अमेरिकाको साउथ क्यारोलाइनामा बिद्यालय गाडी दुर्घटना हुँदा १३ वर्षीय विद्यार्थीको मृत्यु

इनेप्लिज २०८२ वैशाख ५ गते १६:५१ मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाइनाको चेस्टर काउन्टीस्थित अन्तरराज्य ७७ मा बिहीबार दिउँसो बिद्यालय गाडी (बस)दुर्घटनामा पाइन रिज मिडल स्कुल( पाइन् रिज माध्यमिक बिद्यालय का १३ वर्षीय विद्यार्थीको ज्यान गएको छ।

बिद्यालय गाडीमा करिब ३५ विद्यार्थी र २ वयस्क लिएर लेक्जिङ्गटन केन्टकीबाट फर्किंदै गरेको गाडीको पाङ्ग्रा पड्किएपछि बस अनियन्त्रित भई घेराबारमा ठोक्किँदै पल्टिएको थियो।

दुर्घटना दिउँसो १:४७ बजे भएको थियो । गाडी दक्षिणतर्फ गइरहेको बेला सडकको दायाँपट्टि गएर दुर्घटना भएको दक्षिण क्यारोलाइना राजमार्ग गस्तीका प्रहरी टायलर टिडवेलले जनाए। गाडीमा सवार अरु यात्रुहरूलाई विभिन्न अस्पतालमा उपचारको लागि लगिएको छ। घाइतेको संख्या यकिन नभए पनि “धेरै घाइते” भएको पुष्टि गरिएको छ।

ती विद्यार्थी आठ कक्षामा अध्ययनरत थिए । उनी बिद्यालयको यात्रामा सहभागी भएका थिए। बाँकी अब्य दुई गाडीहरू भने दुर्घटनाबाट बच्न सफल भएका थिए। घटनास्थलमा आपतकालीन सेवा, प्रहरी, विद्यालयका अधिकारी र चिकित्सा टोली तत्काल पुगेका थिए।

दुर्घटनापछि साउथ क्यारोलाइना राज्यका गभर्नर हेनरी म्याकमास्टरले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। “आजको दुर्घटना कुनै पनि परिवारले भोग्न नपरोस्,” उनले भने। बिद्यालय प्रशासनले विद्यार्थी र कर्मचारीको सुरक्षामा जुटेका सबै आपतकालीन सेवाप्रति आभार व्यक्त गरेको छ ।

साउथ क्यारोलाइना राजमार्ग गस्ती टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया