मेरिल्याण्डका सिनेटर क्रिस भ्यान हलेन एल साल्भाडोरको भ्रमण गर्दै गल्तीले त्यहा पुर्याईएका किल्मार अब्रेगो गार्सिया भेट गरि अमेरिका फर्किएका छन् । उनि अमेरिकाको डिसीको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बितिकै पत्रकार सम्मेलन गरे । उनले किल्मारलाई फिर्ता ल्याउन माँग समेत गरे । उनले त्यहा भएका घटनाको बारेमा चर्चा गरे र पत्रकारहरुको प्रश्नको उत्तर समेत दिन भ्याए ।
उनि त्यहाँ आई पुग्दा किल्मारकि पत्नी र उनका नातेदारहरु समेत त्यहाँ पुगेका थिए । उनको पीडादायी अनुभवबारे अमेरिकी सिनेटर क्रिस भ्यान हलेनले खुलासा गरेका छन्। नेपाली मूलका मेरिल्याण्ड राज्यका सांसद डा ह्यारी भण्डारी पनि सिनेटर क्रिस भ्यान हलेनको साथमा देखिए ।
सिनेटर हलेनका अनुसार किल्मारलाई पहिले बाल्टिमोरमा राखिएको थियो। त्यहाँ दूरवार्ता (फोन )गर्न पनि दिइएन,” हलेनले भने। त्यसपछि उनलाई टेक्सस हुँदै हातकडी लगाएर आँखाले केही नदेखिने विमानमा राखेर अल साल्भाडोर पठाइएको थियो।
एल साल्भाडोरमा गार्सियालाई २५ जना कैदीसँग एउटै कोठामा राखिएको थियो। “उनि आफ्ना कोठाका कैदीहरूबाट नडराएको तर कारागार कै वातावरण र अन्य कोठाबाट आउने धम्की, होच्याउने आवाजहरूले उनको मानसिक रूपमा ध्वस्त पारेको छ,” हलेनले बताए।
मेरिल्यान्डका स्थायी बासिन्दा पति, र एक पाँच वर्षका छोराका पिता गार्सिया अमेरिकाबाट गल्तीले निर्वासित भई मध्य अमेरिकाको सबैभन्दा कडा सुरक्षायुक्त जेलमा पुगेका छन् ।
ट्रम्प प्रशासनले स्वीकार गरिसकेको छ । यो गल्ती थियो तर तैपनि गार्सियालाई फिर्ता ल्याउने कुनै तत्परता देखिएको छैन ।
हलेनले भने केवल एक कारागार होइन, त्यो एक मानसिक नर्क हो। गार्सियालाई २५ जनासँग सानो कोठामा थुन्थियो। उनी आफ्नो कोठाका कैदीसँग त डराउँदैनथे, तर वरपरका कैदीहरू उनीमाथि चिच्याउँथे, गाली गर्थे, होच्याउँथे – त्यो वातावरणले उनलाई मानसिक रूपमै त्रासित बनायो।”
उनी जब अल साल्भाडोर पठाइए, तब उनलाई हातमा हथकडी लगाइयो । त्यस्तो विमानमा राखियो जहाँबाट बाहिर हेर्न सकिदैन थियो । कहाँ लैजाने भन्ने पनि भनिएको थिएन ” हलेनले भने । “त्यो त अपहरण नै थियो।”
उनले थपे: “यो विषय केवल किल्मारको मात्र होइन। यदि एउटा निर्दोष मान्छेको संविधानिक अधिकार यति सजिलै कुचिन सक्छ भने हामी सबै असुरक्षित छौं।
गहिरो पीडा र परिवारको सम्झनाले ग्रसित गार्सियाको मनोबल उनको श्रीमती र छोरोको मायाले जीवित छ। जब हलेनले उनको श्रीमती जेनिफरसँग दूरवार्तामा कुरा गरे । किल्मारले पहिलो कुरा यही भने ‘म तिमीहरूलाई अत्यन्त माया गर्छु।’ त्यो भनिरहँदा उनको आँखा रसाइरहेको थियो।”
गार्सियाले हलेनलाई बताए अनुसार उनि रक्तचापबाट पीडित छन् झ्यालखानामा एकचोटि चिकित्सकले हेरेका थिए। अझ पीडाको कुरा गार्सियाको ५ वर्षको छोरा जसलाई अटिज्म छ ।
आफ्ना बुबालाई पछिल्लो पटक देख्दा गाडीभित्रै थिए त्यति खेर गार्सियालाई अप्रत्याशित रूपमा आइसिइले पक्राउ गरे।
तर अहिले, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले र ट्रम्प प्रशासन दुबैले गार्सियालाई फिर्ता ल्याउनेबारे कुनै संकेत दिएका छैनन्।
तर सिनेटर हलेन दृढ छन्: “अब यो अन्यायको अन्त्य हुनुपर्छ। किल्मार गार्सिया घर फर्कनुपर्छ। अमेरिका यस्तो देश हुन सक्दैन, जहाँ गल्तीको नाममा निर्दोष नागरिकहरूलाई नर्कमा फालिन्छ।”
साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सिनेटर क्रिस भ्यान हलेन र गल्तीले निर्वासित मेरिल्यान्ड निवासी किल्मार अब्रेगो गार्सियाले भेटको क्रममा मार्गरिटा पिइरहेका थिए भनेर व्यङ्ग्य गरेपछि सिनेटर हलेनले त्यसप्रति कडा खण्डन गरेका छन्।
मेरिल्यान्डका डेमोक्र्याट हलेनले भने, “सरकारका अधिकारीहरूले ती गिलासहरू टेबलमा राखेका थिए, तर हामी दुवैले त्यसमा चुस्की पनि लगाएका थिएनौं।”
भ्यान हलेनले थप स्पष्ट पारे, “मैले पहिलोपटक किल्मारसँग बस्दा, टेबलमा पानीको गिलास र सायद केही कफी थियो। कुरा गरिरहँदा, सरकारका एक व्यक्तिले टेबलमा दुईवटा नयाँ गिलास राखे, जसमा बरफ थियो र माथि नुन वा चिनी जस्तो केही लागेको थियो। हेर्दा त ती मार्गरिटा जस्तै देखिन्थे।”
उनले भने “किल्मारको अगाडि राखिएको गिलासमा मेरो भन्दा थोरै मात्र सानो तुलनमा पिउने पदार्थ थियो, ताकि उसले त्यसबाट पिएको हो भन्ने देखियोस् भन्ने उद्देश्यले शायद त्यसो गरिएको हो। म स्पष्ट भन्छु: हामीमध्ये कसैले पनि ती पेय पदार्थ छुँदा सम्म पनि छोएनौ ।
किल्मार अब्रेगो गार्सिया जसलाई पहिलो पटक एल साल्भाडोरको कडा सुरक्षा भएको जेल सिईसिओटिमा थुनिएको थियो । ९ दिनअघि अर्को हिरासत केन्द्रमा सारिएको हलेनले बताए । उनी अहिले सान साल्भाडोरबाट धेरै टाढाको अर्को कारागारमा छन्।
हलेनले भने अनुसार सान्टा आना भन्ने ठाउँको सो हिरासत केन्द्रमा “अवस्था केही राम्रो” भए पनि “उनीसँग बाहिरी दुनियाँको समाचार पाउने कुनै पहुँच छैन।”
प्रतिक्रिया