हिन्दुस्थानमा अंग्रेजले शाशन गर्नु अगाडि अनेकौं गणराज्यहरू थिए । तिनै मध्ये अयोध्या र कैकेयी पनि पर्दथे ।शिवको आरधनाबाट आफुलाई प्रभावशाली बनाएको फरक प्रचार प्रवाह गर्नेसक्ने शक्ति साधनाको बहाक रावणले एक पटक कैकेयी राज्यमा युद्धको लागि धावा बोल्यो । युद्धमा प्रयोग हुने साम,दाम ,दण्ड र भेदले सम्पन्न चतुर रावणले युद्धको घोषण मात्रै होइन सेना लिएर हिडिसकेको खवर थाहा पाएर कैकेयीका राजाले अयोध्याका राजा दशरथलाई सहयोगको माग गर्न आधारात मै आफ्नु दुत पठाए ।
राजा दशरथले सुचना पाउने वितिकै मित्रको सहयोगको लागि आश्वासन दिए र युद्ध मैदानमा राती नै हिड्ने निश्चय गरे ।रावण आफ्ना हजारौं हजार सेना सहित कैकेयी राज्यको सिमा नजिक पुगिसकेको थियो । सिमामा कैकेयी राज्यका राजा आफ्ना सेना लिएर युद्ध भुमिमा राजा दशरथलाई कुरिरहेका थिए ।
रावणले कैकेयीका राजालाई युद्धमा परस्त हुनु भन्दा पहिले नै आत्मसमर्पण गर्नलाई प्रस्ताव राख्यो ।प्रतिउत्तरमा कैकेयीका राजाले आत्मसमर्पण हैन युद्ध गर्ने जवाफ दिए। युद्धको लागि कैकेयी राज्यकासाथमा अयोध्या पनि रहने बताए ।
राजा दशरथ आउने कुरा सुनेर रावणले घमण्ड पुर्वक दैत्य कुल,परम्परा र रावणको शक्तिको प्रवचन दिइरहेको थियोे । अयोध्याका राजा दशरथको युद्ध मैदानमा प्रवेश भयो ।
प्रभावशाली असुर रावणको मायावी छल,कपट बुझेका कैकेयीका राजा युद्ध मैदानमा चिन्तित देखिन्थे ।राजा दशरथले कैकेयीका राजालाई आफू सहयोगका लागि आइपुगेको र युद्धमा विजयका लागि निश्चिन्त हुन आश्वासन दिदै भने,
” चिन्ता नगर्नुस् ! म आइसकें । “
रावणले अँहकार देखाउदै भन्यो,
” कैकेयी राज्यले रावणसगँ युद्ध गर्न छिमेकी राज्यलाई पनि बोलायो हैन ?”
राजा दशरथले सालिन भएर सोधे, ” लङ्केस,संकटको बेला एउटा छिमेकीले अर्को छिमेकीको सहायता गर्नु असल छिमेकीको धर्म हो ।”
रावणले राजा दशरथलाई उपहासको हाँसो हास्दै लल्कार्यो,
” राजा दशरथ, आफ्नो राज्यको सिमा बढाउनु रावणको धर्म हो । मलाई खुसी लागेको छ । राज्य सिमाको विस्तारको यो मेरो योजनामा कैकेयी राज्यले अयोध्यालाई पनि जोडिदियो । ” रावणको कुरा सुनेर राजा दशरथले रावणलाई सम्झाउदै भने,
” लङ्केस, बलपूर्वक अर्काको थिचोमिचो गर्नु,आक्रमण गर्नु प्रकृतिको सिद्धान्तको विरूद्ध हो । सबै आफ्नो आफ्नो सिमामा बेसेर फुले,फलेको अति राम्रो हो ।त्यो नै शान्ति,सम्वृद्धि र सव्यताको सङ्केत हो ।”
दशरथको कुरा सुनेर रिसले चुर भएको रावणले दशरथलाई युद्धकालागि तयारी हुने सङ्केत गर्दै भन्यो, ” राजा दशरथ, म दैत्य हुँ !मानव सव्यता र दैत्य सव्यता कहिल्यै मिल्न सक्दैन । मिलेर कुनै निर्णय गर्न पनि सक्दैन । मानव र मानवविचमा मात्रै युद्ध हो,दानव र मानवविच युद्ध हुनै सक्दैन । “
भन्दै आक्रमणको घोषणा गर्यो ।
दुबैपक्षविच घोर घमाशानले युद्ध भयो । युद्धमा रावणले राजा दशरथलाई केन्द्रमा राखेर बाँण चलायो । रावणले आफ्नो मायावी अनेक रूपले छल गर्न खोज्यो । दशरथलाई रावणले युद्धमा आछु,आछु पार्यो । राजा दशरथले रावणको मायावी रूपको अन्त्य गर्न शव्दभेदी बाँण प्रयोग गर्न खोजे तर श्रवण कुमारका मातापिताले दिएको श्राप र पुत्र वियोगको कुरा सम्झेर रोकिए । रोकीएको मौका छोपेर रावणले राजा दशरथको सारथिलाई बाँणले रथबाट झारी दियो । राजा अन्योलमा परे । रावण हाँस्दै खुसी मनाउदै थियोे । दशरथको रथ चलाउन अर्को सारथि रथमा चड्यो र धन्ना नमानि युद्ध गर्न अनुरोध गर्यो । दशरथको रथमा नयाँ सारथी चडेको देखेर रावणले नयाँ सारथीमाथि पुनः बाँण चलायो ।रावणको बाँणले नयाँ सारथीको दाहिने कोखामा तिरले लाग्यो । रावणको पटकपटकको बाँणले पुनः सारथीलाई लाग्यो। दशरथको रथको पाङ्ग्रा फुस्कियो तर पनि सारथीले रथलाई समालेर युद्धमा रावणको सामाना गर्न छोडेनन् । एकाएक रावणका सेना युद्ध मैदानबाट भाग्न थाले । अन्त्यमा दशरथले रावणलाई युद्धमा परस्त गरे । त्यो देखेर रावणका सबै सेना युद्ध मैदानबाट भागेको देखेर रावणले सेनालाई रोकिन आदेश दियो । तर एकजना सेना पनि रोकिएनन् ।
पराजित अवस्थाको रावणलाई राजा दशरथले भने,” जाउ लङ्केस,म पराजित राजालाई बन्दी बनाएर थप अपमान गर्न चाहान्न । अहिले पनि विचार पुर्याउनु, तिमीले अब अइन्दा आफ्नो सिमा पार गर्न खोज्यौ भने,अपमान र पश्चाताप बाहेक केही हात पार्दैनौं ! “
रावण रथ लिएर फर्कियो । युद्ध मैदान मै राजा दशरथको जयजयकार गरियो ।
युद्ध भुमिबाट सेना सहित सबै फर्किए ।
राजा दशरथ आफ्नो राज्य अयोध्या फर्कने तयारी गर्दै युद्धमा पटकपटक घाइदे हुँदै आक्रमणबाट बचाउने सारथीतिर फर्के र सोधे , ” तिमी को हौ ? युद्धमा मलाई सहयता गर्नुको उदेश्य के हो ? तिमी आफ्नै ज्यान जोखिम परेर मेरो ज्यान बचाउने विर रहेछौ ! तिम्रो परिचय विना म छुटिन सक्दिन । “
दशरथको कुरा सुनेर सारथीले पहिचान खुल्ने संकेत दिंदै
रथ पनि चलाउदै सारथी कैकेयीले भनिन् ,
” महाराज ! म कैकेयीका राजाकी छोरी हुँ ।”
सारथीको कुरा सुनेर दशरथ आश्चर्यामा परे । आश्चर्य मान्दै सारथीलाई सोधे, ” कैकेयीका राजाकी छोरी ! कसरी युद्धमा ? कैकेयीका राजाले आफ्नी छोरीलाई युद्धमा आउन कसरी अनुमति दिए त ? “
राजाको कुरा सुनेर कैकेयीले भनिन् , ” महाराज, मैले पिताको सहायताको लागि अयोध्याका राजा आउने कुरा सुने, त्यो कैकेयी राज्य,नागरिक र राजाको लागि ठूलो सहयोग हो । यत्रो सहयोग गर्न आएको राजालाई युद्ध मैदानमा केही न केही सहयोग गर्न अति आवश्यक हुन सक्छ भन्ने सोचेर अनुमति विना आएकी हुँ । म युद्धका नीति र सिद्धान्तका बारेमा जाने बुझेको मानिसले राजकन्याको रूपमा राज दरवारमा बस्नु अन्याय हुने ठानेर आएकी थिएँ । तपाईलाई सहयोग आवश्यक पर्यो, मैले सहयोग गर्ने अवसर पाएँ । कुरा यति मात्रै हो महाराज ! “
राजा दशरथ कैकेयीको विद्वता र युद्ध चातुर्यताले अति प्रशन्न भए । कैकेयीको रूप र गुणको प्रशंसा गरे । युद्ध मैदानबाट दरवारसम्मका कार्य र वार्ताले राजा दशरथ र सारथी( कैकेयी) एकअर्काप्रति प्रेम भावनाले लिन भै सकेका थिए । दरवार पुग्ने बेलामा कैकेयीले भनिन् , ” महाराज ! म तपाईंको पराक्रम र आदर्शले मोहित भएँ । मेरा हरेक अङ्गले तपाईंलाई खोजिरहेको छ । तपाईको पराक्रमले युद्धमा रावणले हर्यो । रावणलाई मात्रै होइन तपाईले मलाई पनि जिन्नु भयो । तपाईको प्रेमले मलाई तपाईप्रति डोर्याइरहेको छ । त्यसैले म तपाईसगँ विवाह गर्न चाहान्छु । “
कैकेयीको कुरा सुनेर राजा दशरथ भावुक भए । उनी पनि कैकेयीको प्रेम र सुवासमा भिज्न चाहान्थे तर दरवारमा कौशल्या र सुमित्रा जस्ता वत्तीस लक्षणले युक्त पत्नीहरू भएकोले मौन बसे।उनले यो अवस्थामा कैकेयीलाई राजदरवारमा लिएर जान सक्दैनथे र लगेनन् । राजा दशरथले कैकेयीको प्रस्ताव नकार्न पनि सकेनन्। स्तब्ध भएका दुबै एकअर्कालाई छोड्न सक्ने अवस्थामा देखिन्नथे । राजा दशरथ र सारथिको मौनताविच रथ राजदरवार पुग्यो । चाहे पनि नचाहे पनि राजा दशरथ र कैकेयीविच विछोड हुँदै थियो । कैकेयीको प्रस्तावको निर्णय दिन नसकेर चुप भएका राजा दशरथले मुख खोले, ” हे विराङ्गना कैकेयी,म तिमीलाई हुन्छ र हुन्न भन्ने अवस्थामा छैन, तिमीले राखेको प्रस्ताव म कौसल्या र सुमित्रालाई भन्छु । उनीहरूको राय अनुसार म तिमीलाई भेट्न अवश्य आउछु । यत्रो ठूलो सहयोग गर्यो, बदलामा तिमीले मसगँ केही मागिनौ ! म तिमीलाई तिम्रो इच्छा अनुसारको केही न केही दिन चाहान्छु ।”
कैकेयीले अन्य केही लिन चाहिनन् ।कैकेयीले लिन नचाहे पनि राजाले,” तिमीलाई आवश्यक परेको बेला माग्नु, म नाइ भन्दै भन्दिन ।” भन्दै कैकेयीका नरेशलाई भेटेर राजा दशरथ विदा भए।
यात्राको अवधिभर राजाले कैकेयीको युद्ध कौशल, पराक्रम र प्रेम प्रस्तावका बारेमा सोचिरहे । राजा आफै कैकेयीलाई प्राप्ति गर्न आतुर थिए ।दरवार पुग्ने वितिकै कौशल्या र सुमित्राले आरती उतार्दै कैकेयी राज्यको कुशलताको कामना गर्दै राजा दशरथलाई राजदरवारमा स्वागत गरे । सन्चो विसन्चोको बारेमा सोधे,
प्रतिउत्तरमा राजाले भने,
” महारानी! कैकेयी राज्यमा सबै राम्रो छ ।रावणसगँ युद्धमा जिते पनि ा एउटा प्रस्तावमा हारेर आएँ । त्यो हारले म अत्यातै चिन्तित छु । यसको समाधान तिमीहरूले मात्रै गर्न सक्छौ ।”
राजाको कुराले दुखी हुँदै दुबै महारानीले राजा दुखी हुनुपर्ने कारण सोधे । राजाले महारानीहरूतिर हेरेर भने, ” युद्ध भुमिमा पटकपटक मलाई, मेरो रथ र सारथीलाई रावणले आक्रमण गर्यो । मेरो सारथी रथबाट डल्यो। मलाई बाँण लाग्यो । रथको एउटा पाङ्गा निस्कने अवस्था थियोे । त्यस्तो बेला एकएक नचिनेको नयाँ सारथीले मेरो रथ समालिदियो ।पटकपटक सारथी आफै घाइते भएर मलाई बचायो । यसरी मलाई सहयोग गर्ने मान्छे को होला ? भनेर छक्क परिरहेको थिएँ। युद्धमा विजय नहुँन्जेल त नयाँ सारथि हो को ?सोध्ने समय पनि थिएन।युद्ध समाप्त भएपछि मैले चिन्ने मौका पाएँ। त्यो सारथी कैकेयी राज्यका राजाकी छोरी रहिछिन । मेरो जीवनको रक्षा गर्ने ती राजकन्याको वचन मैले पूरा गर्न सकिन ।”
राजाको कुरा सुनेर दुबै महारानीहरूले भने, ” महाराज ! तपाईको प्राण रक्षा गर्ने ती बहादुर कन्या धन्य छिन । जसले तपाईंको जीवन बचाइन तिनलाई अयोध्या दरवारमा बोलाएर उनको इच्छाका कुरा सोधौं। भव्य समारोहविच पुरस्कृत गरौँ महाराज ! “
कौशल्या र सुमित्राको कुरा सुनेर महाराजले विस्तार पुर्वक कैकेयी राज्यकि कन्याको प्रेमको बारेमा बताए ।
राजाको कुरा सुनेर दुबै महारानीहरू खुसी हुँदै राजालाई विन्ति गरे, ” महाराज ! दरवारमा वंश परम्परा रोकीएको छ । यस्तो बेलामा कैकेयी र तपाईंको प्रेम भाव बढ्यो । त्यो अयोध्याको लागि वंशको सुरूवातको शुभ संकेत हो कि !
भन्दै कैकेयीसगँ विवाह गर्न अनुरोध गरे । कैकेयी पनि दशरथप्रतिको प्रेमले चिन्तित थिइन् । राजा दशरथको हुन्छ भन्ने प्रतिउत्तरको प्रतिक्षामा खानपिन छोडि सकेको अवस्था थियोे । कैकेयीकी धाइआमा मन्थराले राजकन्याको अवस्थाको बारेमा राजालाई सुनाइ रहन्थिन । यस्तो कठोर प्रतीक्षा सुनेर कैकेयी नरेश चिन्तित हुँदै अनेकौं पटक छोरीलाई सम्झाए तर कैकेयी उठिनन् ।
कैकेयीको दशरथप्रतिको समर्पण र दशरथको कैकेयीप्रतिको प्रेमले दुबैलाई विवाहमा परिणत गरिदियो ।
कैकेयी राज्यले आफ्नो राष्ट्र रक्षाका लागि गरेको सहयोगको कदर स्वरूप दशरथलाई अभिनन्द गर्ने निर्णय गर्दै कैकेयी राज्यको दरवारमा बोलाइयो । अभिनन्दनका लागि कैकेयी दरवार पुगेका दशरथले राज कन्या कैकेयीको खुलेर प्रशंसा गरे र भने, “म विलम्ब नगरि मेरो युद्ध सारथि कैकेयी राज्यकी राजकुमारीलाई महारानीको रूपमा अयोध्या भित्र्याउन चाहान्छु । त्यसको लागि म छिट्टै मेरा वीर र पराक्रमी सेना,राजा महाराजालाई जन्तीको रूपमा लिएर आउने छु र कैकेयीलाई अयोध्यामा भित्र्याउने छु ।साथै कैकेयीलाई म उनले चाहेको कुरा,उनले चाहेको समयमा दिन चाहान्छु । त्यो कुरा उनले मेरो जीवनको जुनसुकै समयमा माग्न सक्नेछिन ।”
कैकेयीले राजाले विवाह प्रस्ताव स्विकारेकोमा अती प्रसन्न भइन् र कुनै इच्छा नरहेको जनाइन् । तर राजाले आफुले दिन चाहेको कुरामा कैकेयीको अनिच्छितप्रति मञ्जुरी गरेनन् र पुनः अनुरोध गर्दै भने, तपाईहरूको अगाडी म घोषण गर्न चाहान्छु ।
कैकेयीले मैले दिन चाहेको प्रस्ताव मेरो जीवन रहेसम्म लिन सक्नेछिन् । कैकेयी दरवारमा दशरथको जयजयकार भयो ।
कैकेयीको प्रवेशको केही वर्षपछि कौशल्या,सुमित्रा र कैकेयी तीनैका कोख भरिए । अयोध्या राज्यमा हर्श बढाइँ भयो । रानीहरू विचको मेल,कौशल्याको सन्तान प्रेम र शिक्षादिक्षाका कारण भाइभाइमा प्रेम र स्नेह बढ्यो । छोराहरू ठुला भए ।आफ्नो उमेर ढल्कियो । राजा दशरथले उत्तराधिकारी घोषण गर्ने दिन आयो । भाइभारादार विच अब हुने उत्तराधिकारीको वारे चर्चा चल्न थाल्यो । मन्थराले कैकेयीलाई राजपाठका लागि भरतलाई योग्य देख्न थाली र एकदिन कैकेयीलाइ आफ्नु छोरा भरतको लागि राजासगँ राज्य माग्न अनुरोध गरि ।
संसारमा सन्तान भन्दा प्यारो केही हुन्न । अझै राजपाठ,शक्ति,सत्ता पाउने कुरा कसले त्याग गर्छ र ! मन्थरा पनि कैकेयीको राजपाठ देख्न चाहान्थी। मन्थराले कैकेयी महारानीको आँखा खोलिदिइ ।त्यहि मौका छोपेर रानी कैकेयीले राजाले इच्छा अनुसार माग्न बाँकी प्रस्ताव सम्झेर आफ्नु एक मात्रै पुत्र भरतको लागि अयोध्याको राजा बनाउन माग गरिन् ।
त्यो सुनेर चारैतिर कैकेयीको चरित्रका विषयमा अनेकन चर्चा र शंकाका गर्न थालियो। राजा दशरथलाई युद्धमा बचाएको,राजदवारमा सन्तान नहुदा भएको हाहाकार , कैकेयीलाई विवाह गरेर ल्याउन गरेको दवाव र स्वागत सबै विर्सियो र कैकेयीको नामसगँ जोडेर महिलालाई चारित्रिक रूपमै कलङ्कित बनाइयो । दुनियाँले त तिरस्कार गर्यो,गर्यौ,आफ्नै पुत्रले पनि बहिष्कार गर्ने वातावरण बनाइयो ।
कैकेयी राज्यकी राजकन्या र दशरथको विवाह,अयोध्या दरवारमा कैकेयीको भव्य स्वागत,कौसल्या,सुमित्रा र कैकेयीविच दिदीबहिनीको सम्बन्ध, राजा दशरथ निर्णय गर्ने नसक्नु, युवराज घोषण गर्ने विधि र पद्धतीहरू नअपनाउनु आदि कुरालाई गौण पारि कैकेयीले आफ्नो पुत्र भरतलाई युवराज घोषण गर्ने प्रस्ताव कैकेयीका लागि अभिशाप बन्यो । कैकेयीको प्रवेशपछि अयोध्या दरवारमा वंश पराप्ती भइ खुसीयाली छाएको,राजा दशरथको नाम,यश र पराक्रम बढेको कुरा विर्सिए र कैकेयीलाई कलङ्कित गराइयो।बारम्बार कैकेयीलाई मनको इच्छा अनुसार कुनै कुरा माग्ग गर्न अनुरोध गर्ने राजा दशरथ मुर्छा परे । पहिले आफुले दिएको प्रस्ताव विर्से र दुधले नुहाए जस्तै चोखो बने । राजाले निर्णय गर्न नसकेर परिणमको सम्पुर्ण दोष कैकेयीलाई लगाउने जस्तै हाम्रो सामाजिक संरचनाले महिलालाई कसरी बदनाम गराउँछ ? प्रश्न यहाँनेर छ ।
यस्ता नीति कथाले जोडिएको हाम्रो सामाजिक संरचनाले महिलालाई अंश,वंश,नागरिकता र पैत्रिक सम्पत्तिमा समान हक दिन संविधान र कानुनले दिएको हक कार्यनयन गर्न सक्छ कि सक्दैन । राजनीतिक दल,भगिनी संगठन र राज्यका हरेक संरचनाले सोच्ने बेला आएको छ ।
सीता ओझा
प्रतिक्रिया