अमेरिकाको क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोकी १० वर्षीया अलिसा पेरालेस आगामी केही हप्तामा क्राफ्टन हिल्स कलेज (महाबिद्यालय)बाट दुई वटा एसोसिएट डिग्री (प्रविणता प्रमाण पत्र तह उपाधि)प्राप्त गर्ने भएकी छिन् । उनी यस सामूदायिक महाबिद्यालय(कम्युनिटी कलेज)को इतिहासमै सबैभन्दा कान्छी स्नातक बन्ने छिन्।
न्यूयोर्क पोष्टका अनुसार उनको शैक्षिक यात्रा अचम्मको छ । उनले ८ वर्षको उमेरमै महाबिद्यालय (कलेज )कक्षा लिन सुरु गरेकी थिइन्। दीक्षान्त समारोह हुनेबेलामा उनी भर्खरै ११ वर्ष पुगेकी हुनेछिन्।
उनको अन्तिम जिपीए (अंक औसत) ४ :० अर्थात् प्रायः पूर्ण अंक हुनेछ। “यो मेरो लागि निकै रमाइलो हो,”अलिसाले भनिन्। “दुई चक्र बाहन (साइकल) चढ्नु, खेल खेल्नुजत्तिकै मज्जा आउँछ पढ्दा। म नयाँ कुरा सिक्न मन पराउँछु , संसारमा धेरै चाखलाग्दा कुरा छन्!”
गृह पाठशालामा आधारित शिक्षामा हुर्किएकी अलिसाले आफ्ना बुबालाई सधैं प्रोत्साहन दिने व्यक्ति भनेर वर्णन गरिन्। “बुबाले मलाई सधैं मेहनत गर्न सिकाउनु भयो,” उनी भन्छिन्।
उनले पढेको राजनीतिक शास्त्रको कक्षाको प्रयोग गरेर उनले संघीय अदालतमा युवा मताधिकारसम्बन्धी मुद्दा दायर गरेकी थिइन्, जुन उनको परिपक्व सोचको उदाहरण हो।
“शुरुमा म अलिकति डराएकी थिएँ,” अलिसाले भनिन्, “किनभने यो मेरो पहिलो महाबिद्यालयको अनुभव थियो। तर मैले धेरै असल मानिसहरू भेटेँ जसले मलाई आत्मविश्वास दिलाए।”
उनको यो असाधारण यात्रा आजको पुस्ताका बालबालिकाका लागि प्रेरणादायी बन्न पुगेको छ । उमेरले होइन, इच्छाशक्ति र लगनशीलताले लक्ष्य निर्धारण हुन्छ भन्ने उनले बिश्वलाई सन्देश दिएकी छिन्
प्रतिक्रिया