राष्ट्रपति ट्रम्पको डेमोक्र्याट नेताहरूलाई कडा सन्देश, एल साल्भाडोर पुर्याईएका मेरिल्याण्डका गार्सिया निर्दोष हुन् त ?

इनेप्लिज २०८२ वैशाख ६ गते १४:५७ मा प्रकाशित

मेरिल्याण्डका सिनेटर क्रिस भ्यान हलेन एल साल्भाडोरको भ्रमण गर्दै गल्तीले त्यहा पुर्याईएका किल्मार अब्रेगो गार्सिया भेट गरि अमेरिका फर्किएका छन् । सिनेटर हलेन अमेरिका उत्रिने बित्तिकै पत्रकार सम्मेलन गरे । उनले त्यहाँको गतिबिधिबारे प्रकाश परे र ट्रम्प प्रशासनलाई आरोप लगाए ।

सिनेटर हलेनको पत्रकार सम्मेलन पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा कडा जवाफ दिएका छन् । उनले गार्सियाको औलामा ट्याटु अर्थात् कलान्यास देखाउदै “यो त्यही व्यक्तिको हात हो, जसलाई डेमोक्र्याट नेताहरू फेरि अमेरिकामा फर्काउनु पर्छ भन्छन् । उनीहरू भन्छन्, ‘उनी असल र निर्दोष मानिस हुन्।’ तर सच्चाइ के हो भन्दै टिप्पणीमा गार्सिया बारेमा लेखेका छन् ।

ट्रम्पले उनकाऔंलामा एम-एस १३ गिरोहको नाम ट्याटु(कलान्यास) गरिएको छ। दुइ वटा अत्यन्तै सम्मानित अमेरिकी अदालतहरूले उनि एमएस-१३ का सदस्य भएको प्रमाणित गरिसकेको उनले उल्लेख गरेका छन् ।

उनले आफ्नी श्रीमतीलाई कुटपिट गरेको र उनि आपराधिक गतिविधिहरूमा संलग्न समेत भएका छन् ।

यस्तो व्यक्तिलाई अमेरिका ल्याउनु पर्ने डेमोक्र्याटहरूको आग्रह हास्यास्पद मात्र होइन, खतरनाक पनि हो। म राष्ट्रपति निर्वाचित भएको प्रमुख कारणहरूमध्ये एक हो -यस्ता खतरनाक अपराधीहरूलाई देशबाट हटाउनु।

मलाई मेरो काम गर्न दिनु ! राष्ट्रको सुरक्षा मेरो पहिलो दायित्व हो । उनि अगाडी लेख्छन् , अमेरिकालाई सुरक्षित राख्न, अपराधीहरूलाई निष्कासित गर्न, र देशको सम्मान जोगाउन मैले जुन शपथ खाएँ, म त्यसमा अडिग छु। अमेरिका फेरी महान बन्नेछ!

तर डेमोक्र्याटहरू उनलाई अमेरिकामा पुनः प्रवेश गराउने प्रयासमा छन्। किन ? किनभने उनीहरूको राजनीतिक कार्यसूची (एजेण्डा)ले वास्तविक सुरक्षाभन्दा बढी प्राथमिकता पाउँछ।

म यो स्पष्ट भन्न चाहन्छु । जब कुनै अपराधीले आफ्नो औंलामा एमएस-१३ को कलान्याश (ट्याटु)चिन्ह गर्वका साथ खोपेको छ भने त्यो व्यक्ति निर्दोष होइन। त्यो अमेरिका र अमेरिकीहरूको लागि खतरनाक हो,ट्रम्पले भने ।

प्रतिक्रिया