पुटिनद्वारा युक्रेनमा अस्थायी इस्टर युद्धविरामको घोषणा

इनेप्लिज २०८२ वैशाख ६ गते १५:१७ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेन युद्धमा अस्थायी “इस्टर युद्धविराम” घोषणा गरेका छन्। उनका अनुसार, रुसी सेनाले शनिबार स्थानीय समयअनुसार बेलुकी ६ बजेदेखि अप्रिल २१ को मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ।

क्रेमलिनको टेलिग्राम च्यानल(संचार माध्यम)मार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि हाम्रो उदाहरण पछ्याउने आशा व्यक्त गरेका छन् ।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य ग–यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनी दिएका छन् ।

हालसम्म युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वा अन्य युक्रेनी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यसबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो फ्रान्सको पेरिसमा युरोपेली नेताहरूसँग युक्रेन युद्ध रोक्ने सम्भावित सम्झौता सम्बन्धी छलफलमा व्यस्त छन्।

पुटिनको युद्धविराम घोषणालाई केहीले शान्तिको संकेतका रूपमा हेरे पनि केही विश्लेषकहरू यो रणनीतिक चाल मात्र हो भन्ने ठान्छन् ।

प्रतिक्रिया