सिङ्गिङ स्टार नेपालको टप ७ मा पुगे आशिषसिङ्गिङ स्टार नेपालको टप ७ मा पुगे आशिष

इनेप्लिज २०८२ वैशाख ६ गते १६:१९ मा प्रकाशित

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशले फेरि एकपटक आफ्नो साङ्गीतिक प्रतिभाले देशभर चर्चा कमाएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडाका २२ वर्षीय गायक आशिष चन्द (असीम) ले नेपालको चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन-१’ मा टप ७ मा स्थान बनाएर सुदूरपश्चिमको नाम उजागर गरेका छन्।

सानैदेखि सङ्गीतमा रुचि राख्ने असीमको सुमधुर आवाज र प्रस्तुतिले यसअघि ‘द भ्वाइस नेपाल’ मा पनि दर्शक र निर्णायकको मन जितेको थियो। हाल ‘सिङ्गिङ स्टार नेपाल’ मा उनको गायनले फेरि सबैलाई मन्त्रमुग्ध बनाएको छ। उनको यो यात्राले सुदूरपश्चिमका युवा कलाकारहरूमा नयाँ जोश र प्रेरणा थपेको छ।

आशिषले सम्पूर्ण सुदूरपश्चिमवासी र नेपाली दर्शकलाई आफ्नो यो साङ्गीतिक यात्रामा साथ दिन आग्रह गरेका छन्। उनको समर्थनमा भोटिङ आइतबार राति १०:३० बजेदेखि सुरु भई बुधबारसम्म चल्नेछ। उनले सम्पूर्म सुदूरपश्चिबासीलाई भोट गरिदिन आग्रह गरेका छन्।

कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्म पुग्ने उनको दूरीले सुदूरपश्चिमको सङ्गीत क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। आशिषको यो उपलब्धि सुदूरपश्चिमका युवाहरूका लागि ठूलो प्रेरणा बनेको छ।

प्रतिक्रिया