ट्रम्प प्रशासनद्वारा इरान वार्तामा “धेरै राम्रो प्रगति” भएको घोषणा

इनेप्लिज २०८२ वैशाख ६ गते २२:०९ मा प्रकाशित

ट्रम्प प्रशासनले रोममा इरानी अधिकारीहरूसँग दोस्रो चरणको परमाणु वार्तामा “धेरै राम्रो प्रगति” भएको बताएका छन्। आजको उच्च स्तरीय वार्ता पछि प्रशासनका एक वरिष्ठ अधिकारीले सिएनएनलाई भने, “आज रोममा चार घण्टासम्मका हाम्रो दोस्रो चरणका वार्तामा हामीले सिधा र अप्रत्यक्ष छलफलहरूमा धेरै राम्रो प्रगति गरेका छौं।”

उक्त अधिकारीले अगाडी भने ,“हामी अर्को हप्ता फेरि भेट्ने सहमति गरेका छौं र हाम्रो ओमानी साझेदारलाई यी वार्ताहरूको सुविधाजनक बनाउने र इटालीका साझेदारलाई आजको आयोजना गर्ने लागि कृतज्ञता व्यक्त गर्दछौं।”

वार्तामा अमेरिकी पक्षको नेतृत्व विशेष राष्ट्रपति दूत स्टीव विटकोफले गरेका थिए । उनि गत हप्ता पनि ओमानी वार्तामा पनि भाग लिएका थिए। ओमानी विदेश मन्त्रीले मध्यस्थकर्ताको भूमिका निभाए, जसले दुई पक्ष बीचका सन्देशहरू आदान प्रदान गरे।

इरानको परमाणु कार्यक्रमबारे अमेरिकासँगको वार्तामा आशावादी दृष्टिकोण रहँदै तीनौं चरणको वार्ता अर्को शनिबार ओमानमा हुने अपेक्षा गरिएको छ। साथै, दुवै पक्षका प्राविधिक विशेषज्ञहरूको छलफल बुधबारदेखि सुरु हुनेछ।

उल्लेखनीय कुरा भनेको अमेरिका र इरान बीच दशौँ वर्षको शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ । इरानको परमाणु क्षमताबारे लामो समयदेखि विवाद भइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्र नयाँ परमाणु सम्झौतामा हस्ताक्षर गर्ने आफ्नो उद्देश्य प्रकट गरेका छन्।

प्रतिक्रिया