इटालीमा पाकिस्तानी मूलकी एक युवतीले बुवाआमाले रोजेको केटासँग बिहे गर्न अस्विकार गर्दा हत्या गरेको आरोपमा बाबुआमालाई जन्मकैदको सजाय सुनाएको छ ।
इटालीको अपिल अदालतले १८ वर्षीया पाकिस्तानी युवती समन अब्बासको हत्या गर्ने आरोपमा उनका बाबु शब्बीर अब्बास र आमा नाजिया शहीनलाई सुनाइएको जन्मकैदको सजायलाई सदर गरेको छ। समनले पारिवारिक दबाबमा गरिने विवाह अस्वीकार गरेपछि २०२१ मा उनलाई हत्या गरिएको थियो, जुन घटना इटालीमा आप्रवासी महिलामाथि हुने क्रूरता र जबर्जस्ती विवाहको प्रतिक बन्यो।
बोलोन्यास्थित अदालतले फैसला सुनाउँदै समनको हत्यामा पुरै परिवारको संलग्नतामा भएको थियो। उनका दुई काकाहरूलाई पनि जन्मकैद दिइएको छ, जुन अघिल्लो अदालतले निर्दोष ठहर गरेको थियो। अर्का काका डेनिश हसनैलाई २२ वर्षको सजाय सुनाइएको छ, जसलाई अघिल्लो पटक १४ वर्ष मात्र सजाय दिइएको थियो।
समन अब्बासको शव १८ महिनापछि उत्तर इटालीको एक सुनसान कृषि केन्द्र (फार्म)मा फेला परेको थियो। अनुसन्धानका अनुसार उनले हिजाब लगाउन छाडेकी थिइन् । आफ्नै रोजाइको केटासँग प्रेम सम्बन्धमा थिइन् जसको कारण उनका अभिभावकलाई क्रोधित बनाएको थियो। उनलाई अन्तिमपटक ३० अप्रिल २०२१ मा परिवारसँगै देखिएको थियो।
हत्या पछि उनका अभिभावक पाकिस्तान भागेका थिए। बाबु पाकिस्तानबाट पक्राउ परेर इटाली ल्याइए भने आमा लामो समयसम्म फरार रहेर २०२४ मा पक्राउ परेकी हुन्।
यो घटना जबर्जस्ती विवाहविरुद्ध इटालीको कानुनी र धार्मिक चेतनालाई झनै मजबुत बनाएको छ।
प्रतिक्रिया