अमेरिकाको मेरिल्याण्ड राज्यको बेथेस्डा शहरमा बन्दुक देखाएर एक महिलालाई अपहरण गर्ने अपहरणकारी गाडीमै थुनिएर आत्मसमर्पण गरेका छन् ।
गत शुक्रबार दिउँसो मेरिल्याण्डमा एक नाटकीय घटना घट्यो । डब्लुटिओपीका अनुसार महिलालाई बन्दुक देखाएर अपहरण गरियो र अपहरणकारीले आफैंलाई गाडी (कार )भित्र थुने।
मोन्टगोमरी काउन्टी प्रहरीले दिउँसो २:३० बजे डेमोक्रेसी ब्लुबर्ड(मार्ग) नजिकैको ओल्ड जर्जटाउन सडकको १०३०० भवन समूहमा अपहरण भएको जानकारी पाएपछि कारबाही सुरु गर्यो। प्रहरीको निगरानीमा रहेको सवारी साधन (कार)मा एक महिला सवार रहेको देखियो।
प्रहरीले उक्त गाडीलाई अन्तरराज्य २७० नजिकै पछ्यायो। त्यहीँ महिला गाडीबाट निस्किएर प्रहरीलाई उक्त चालकलाई चिनेको बताइन । पुरुषले बन्दुक देखाएर उनलाई अपहरण गरेका थिए। सवारी साधन पुनः ओल्ड जर्जटाउन सडकतर्फ लाग्यो र नजिकै पुगेपछि अभियुक्तले आफैंलाई कारभित्र थुने।
घटनास्थललाई केही समयको लागि बन्द गरियो। अभियुक्त ३१ वर्षीय रोबर्ट डीटरलाई गाडीबाट निस्कन आग्रह गरिए पनि उनले अस्विकार गरे। आपतकालीन प्रतिक्रिया टोली बोलाइयो र वार्तापछि उनले शान्तिपूर्वक आत्मसमर्पण गरे।
डिटरलाई अपहरण, प्रथम दर्जाको आक्रमण, पछ्याउने , दुर्व्यवहार तथा हतियारसम्बन्धी अनेक अभियोग लगाइएको छ। गाडीबाट बन्दुक पनि बरामद गरिएको छ। उनी हाल जमानतबिनै हिरासतमा छन्।
प्रतिक्रिया