अमेरिकाको इलिनोइ राज्यको मध्य भागमा रहेको ट्रिल्ला नजिकै एक एकल यन्त्र (सिंगल-इन्जिन) विमान खेतमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।
कोल्स काउन्टीका मृत्यु समिक्षक जनाए अनुसार ज्यान गुमाउनेहरू दुई महिला र दुई पुरुष थिए। उनीहरूको नाम सार्वजनिक गरिएको छैन। सम्बन्धित परिवारलाई सूचना दिए पछि नाम सार्वजनिक गरिने एबिसीन्यूजले जनाएको छ ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा समितिले जानकारी दिए अनुसार सेस्ना सि१८०जी मक उक्त विमान बिहान १० बजेपछि केही समयमा नै दुर्घटनामा परेको हो। प्रारम्भिक विवरण अनुसार विमानले बिद्युत् प्रसारण तारनमा ठोक्किएर दुर्घटनामा परेको हो।
गभर्नर जे.बी. प्रिट्जकरले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भने, “कोल्स काउन्टीबाट आएको यो दुःखद समाचार अत्यन्त पीडादायक छ। प्रभावित परिवारहरूप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु। हाम्रो प्रशासन घटनाको निगरानी गरिरहेको छ।”
यो दुर्घटनाले इलिनोइ राज्यमा ठूलो शोक छाएको छ। विमान कसरी र किन दुर्घटना भयो भन्नेबारे विस्तृत अनुसन्धान जारी रहेको राष्ट्रिय यातायात सुरक्षा समितिले जनाएको छ।
स्थानिय समुदाय स्तब्ध छन् भने मृतक परिवारप्रति सामाजिक संजाल मार्फत समवेदना प्रकट गरि रहेका छन् ।
प्रतिक्रिया