युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धविरामको झूटो छवि बनाउन खोजेको तर वास्तविकतामा आक्रमण जारी राखिरहेको आइतबार दाबी गरेका छन् ।
“हिजो बेलुका ६ बजे देखि आज मध्यरातसम्म, रुसी सेनाले ३८७ पटक गोला बर्साएको र १९ पटक आक्रमण गरेको थियो,” जेलेन्स्कीले आइतबार बिहान आफ्नो आधिकारिक सामाजिक संजाल एक्स खातामा लेखे। रुसले २९० पटक मानव रहित यान (ड्रोन )प्रयोग गरेको उनले बताए ।
शनिबार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘इस्टर युद्धविराम’ घोषणा गर्दै शनिबार बेलुका ६ बजेदेखि सोमबार मध्यरातसम्म सैन्य कारबाही नगर्ने बताए। तर जेलेन्स्कीले यस प्रस्तावलाई “मानव जीवनसँग खेल्ने पुटिनको अर्को प्रयास” भन्दै आलोचना गरे।
जेलेन्स्कीले आइतबार स्मरण गराउदै भने युक्रेनले ३० दिनको युद्धविरामको प्रस्ताव अघि नै राखिसकेको छ, र त्यो अझै कायम रहेको छ। उनले भने, “हामी स्थलस्थितिअनुसार निर्णय लिनेछौं।”
रुस अझै पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ र युक्रेनी पक्षलाई क्षति पुर्याइरहेको युक्रेनले आरोप लगाएको छ ।
प्रतिक्रिया