१४ वर्ष र २३ दिनको उमेरमै वैभव सूर्यवंशीले पहिलोपटक अन्तर्राष्ट्रिय/आईपीएल खेल खेल्ने खेलाडी बन्दै इतिहास रचेका छन्। राजस्थान रोयल्सका तर्फबाट खेल्दै उनले लखनऊ सुपर जायन्ट्स खेल टोली विरुद्ध ३४ रनको तेज पारी (इनिङ)खेले, जसमा ३ छक्का मारे ।
कप्तान संजू सामसनको स्थानमा वैभवलाई टोलीमा ल्याइएको थियो। १८१ रन(दौड)को लक्ष्य पछ्याउने क्रममा प्रभावकारी विकल्प खेलाडी बनेका वैभवले शार्दुल ठाकुरको पहिलो बल(गोली)मै शानदार छक्का प्रहार गरे।
क्रिकेट समालोचकहरूले यसलाई “एकदम कठिन प्रहार तर १४ वर्षे बालकले अद्भुत आत्मविश्वाससाथ खेले” भन्दै प्रशंसा गरेका छन् । ब्रायन लारालाई आफ्नो आदर्श मान्ने वैभवले २० बलमा ३४ रन(दौड) बनाए । उनले यशस्वी जैस्वालसँग ८५ रनको सुरुवाती साझेदारी गरे, यद्यपि टोली दुई रन(दौड)ले पराजित भयो।
परीक्षक सैराज बहुटुलेले भने, “ वैभवले त्यसलाई भरपूर उपयोग गरे। उनि साहसी खेलाडी हुन्, बल (गोली )हेर्ने बित्तिकै प्रहार गर्ने उनको शैलीले सबैलाई चकित पार्यो।”
वैभवले १३ वर्षमै १.१ करोड भारतीय रुपैयाँमा राजस्थानसँग सम्झौता गरेका थिए। १२ वर्ष मै रणजी प्रतियोगितामा पहिलोपटक खेल्ने खेलाडी भएका थिए भने उनले अष्ट्रेलियाविरुद्ध भारत यु-१९ को तर्फबाट ५८ बल(गोली )मा शतक पनि हानेका थिए।
बिहारमा भएको एक स्थानीय प्रतियोगितामा उनले तेब्बर शतक बनाएपछि चर्चामा आएका थिए। अब समर्थकहरूले उनलाई आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी बन्ने आशा गरेका छन्।
प्रतिक्रिया