“ईस्टर सप्ताहन्तमा अमेरिका घुम्रपात ,असिना र भीषण वर्षाबाट प्रभावित हुने – ३ करोडभन्दा मानिसहरु सतर्कतामा

इनेप्लिज २०८२ वैशाख ७ गते १२:३२ मा प्रकाशित

यस ईस्टर सप्ताहन्तमा अमेरिका भरि ३० मिलियन अर्थात् ३ करोड भन्दा बढी मानिसहरू कडा मौसमी प्रतिकूलताका लागि सतर्क अवस्थामा रहेका छन्। अमेरिकाको मध्य-पश्चिम र तराई क्षेत्रमा बहुपक्षीय मौसमी प्रणालीले घुम्रपात( टोर्नाड़ो) ठूला असिना, बाढी र तीव्र हावा ल्याएको छ।

नेब्रास्काको ओमाहा क्षेत्रमा मात्र बिहीबार ५ वटा घुम्रपात( टोर्नाड़ो) पुष्टि भएका छन्, जसमा एक इएफ-३ स्तरको घुम्रपात( टोर्नाड़ो)थियो, जसले डगलस र वाशिंगटन काउन्टीमा ठूलो क्षति पुर्याएको छ । अन्य दुई वटा घुम्रपात( टोर्नाड़ो) नेब्रास्कामा र दुई आयोवामा देखिएका छन्।

गत शुक्रबार, विस्कन्सिनको विभिन्न भागहरूमा टेनिस गोला (बल )जति ठूलो असिना परेको थियो। यस्तै, मिसोरी, अर्कान्सस, ओक्लाहोमा र टेक्ससको विभिन्न भागमा रुख ढलेका र बिद्युत खम्बाहरू ढलेका थिए ।

एबिसीन्यूजका अनुसार शनिबार साँझदेखि टेक्सस र ओक्लाहोमामा फेरि आँधीबेरीको सम्भावना रहेको छ। जहाँ बेसबल आकारको असिना र तिव्र हावाका साथै एकल घुम्रपात( टोर्नाड़ो) चक्रवात पनि सम्भव रहेको एबिसीन्यूजले जनाएको छ ।

उत्तर टेक्ससदेखि दक्षिण इलिनोइससम्म ६ वटा राज्यहरूमा बाढीको चेतावनी जारी गरिएको छ। ओक्लाहोमा शहरहरु फोर्ट स्मिथ र सेन्ट लुइस जस्ता शहरहरू प्रभावितमा परेका छन्। त्यसैगरी फोर कर्नर्स र मध्य पहाडी क्षेत्रमा हिमपातको चेतावनी रहेको छ । जहाँ ६–१२ इन्चसम्म हिमपात र उच्च भेगमा २० इन्चसम्म हुन सक्ने एबिसीन्यूजले उल्लेख गरेको छ ।

दक्षिणपश्चिम भने सुख्खा र ५० माइल प्रतिघण्टासम्मको हावा चल्नसक्ने भएकाले डढेलोको उच्च जोखिम कायम रहेको जनाईएको छ ।

प्रतिक्रिया