शक्तिशाली आँधीबेरी र घुम्रपात( टोर्नाडो)को कारण ओक्लाहोमा तीनको मृत्यु, लाखौं मौसमको खतरामा

इनेप्लिज २०८२ वैशाख ८ गते ०:०० मा प्रकाशित

ईस्टरको सप्ताहन्तमा अमेरिकाको ओक्लाहोमामा आएको भीषण मौसमले तीन जनाको ज्यान लिएको छ भने ३० मिलियन(३ करोड )भन्दा बढी अमेरिकीहरू अझै पनि मौसमको खतरामा रहेका छन्।

गत शनिबार राति स्पाल्डिङ, ओक्लाहोमामा आएको घुम्रपात (टोर्नाडो)ले एक जनाको ज्यान लिएको पुष्टि ह्यूज काउन्टी आपतकालीन व्यवस्थापनले गरेको छ।

“दुई घर पूर्णरूपमा ध्वस्त भएका छन् भने धेरै साना संरचना र रूखहरू नष्ट भएका छन्,” आइतबार सामाजिक सञ्जालमा प्रकाशन गरिएकोमा उल्लेख छ। यस घटनामा दुई जना घाइते भएका थिए भने जसमा एक जनाको मृत्यु भएको छ ।

त्यसैगरी, भारी वर्षातका कारण आएको बाढीले दुई सवारीसाधन बगाउँदा दुई जनाको ज्यान गएको छ। मृतकमा एक प्रौढ महिला र १२ वर्षे बालक रहेको मोर प्रहरी जनाएको छ। ती दुबैको शव सवारी साधन बाहिर फेला परेको छ ।

मोर प्रहरी विभागले आइतबार बिहानै दुई सवारीसाधन बाढीमा फसेपछि बिशेष उद्धार सञ्चालन गरेको थियो। तीमध्ये एक सवारी पुलबाट तल बगिएको थियो। उद्धारमा दुई व्यक्तिको ज्यान जोगाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।

यो विनाशकारी मौसमले अमेरिकाको मध्य-पश्चिमी क्षेत्रहरूमा घुम्रपात (टोर्नाडो), असिना वर्षा र तीव्र हावाहुरी ल्याएको छ, जसले लाखौंलाई खतरा उत्पन्न गराएको छ। अधिकारीहरूले जनतालाई सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया