ओएनएफ यूकेको अधिवेशन आगामी जुन १५ मा हुने

इनेप्लिज २०८२ वैशाख ८ गते ०:२७ मा प्रकाशित

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मंच यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पुर्णबैठकले आगामी जुन १५, २०२५ को मिति तय गरेको हो । बेलायतस्थित मिडल्याण्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा आउनु हुने छ भने युरोप अमेरिकार इन्चार्ज घनश्याम पाण्डे र ओएनएफ अन्तरराष्ट्रिय कमिटि अध्यक्ष संजय थापा बिशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् ।

अध्यक्ष भुसालका अनुसार महासचिव पोखरेल र इन्चार्ज पाण्डे र ओएनएफ अन्तराष्ट्रिय अध्यक्ष थापा अधिवेशनमा बेलायत आउने पक्का भैसकेको छ । नयाँ नेतृत्वका लागि दौडधुप हुन बाँकी रहेपनि सहमतिमा नयाँ अध्यक्ष चयन हुने अपेक्षा गरिएको छ । नवौं अधिवेशनका लागि बिभिन्न समितिहरु समेत गठन भएका छन ।

अधिवेनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति संयोजकमा कर्ण शाही, उपसंयोजकमा सरस्वती केसी, सदस्यहरु दिनेश घिमिरे, विनोद ज्ञवाली, रामचन्द्र गुरुङ, केदार थपलिया र तिलकराम भट्टराई छन । त्यस्तै, प्रचार प्रसार समितिमा संयोजक श्याम लुईटेल र सदस्यहरुमा अर्कराज तिम्सेना, शम्मु अर्याल, विदुर खत्री र दुर्गा बाँनिया छन ।

त्यस्तै, अधिवेशन प्रतिवेदन लेखन समितिमा संयोजक तुंगभद्र भुसाल र सदस्यहरुमा कृष्ण भण्डारी, डा. मुकुन्द बास्तोला, पुण्य रेग्मी, बालकृण्ण भुसाल, पशुपति पोखरेल र श्याम लुईटेल छन ।

अधिवेशनमा आउने पाहुनाहरुलाई स्बागत गर्ने अतिथि सत्कार समितिमा संयोजक भण्डारी, सदस्यहरुमा केशरी क्षेत्री, दुर्गा बाँनिया र राममाया थापा छन । यस्तै, अधिवेशनमा स्वयंसेवक परिचालनको जिम्मेवारी डा बास्तोलालाई दिइएको छ भने सदस्यहरुमा शम्मु अर्याल, जोनी पहारी, तारानाथ भण्डारी र राममाया थापा छन ।


यस्तै, आर्थिक व्यवस्थापन समिति संयोजकमा पुण्य रेग्मी र सदस्यहरुमा अर्जुन चापागाई, गोविन्द सापकोटा छन भने प्रतिनिधि व्यवस्थापन समितिमा संयोजक बालकृष्ण भुसाल, सदस्यहरुमा भीमलाल भट्टराई, मोति खरेल, पदम गोले, बिमश शर्मा, राममाया थापा छन ।

बैठकले अधिवेशन मूल व्यवस्थापनका लागि कार्यसमितिलाई जिम्मा दिइएको छ भने अधिवेशनको हल व्यवस्थापन र खानाको व्यस्थापनका लागि पशुपति पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ जसमा पदम गोले, शम्मु अर्याल, गोविन्द सापकोटा र तारानाथ भण्डारी छन ।

प्रतिक्रिया